चीन भ्रमणबाट दुई देश बीचको राजनीतिक सम्बनध थप सुदृढ: प्रम ओली « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

चीन भ्रमणबाट दुई देश बीचको राजनीतिक सम्बनध थप सुदृढ: प्रम ओली


यलम्वर टाइम्स
१० असार २०७५, आईतवार ०९:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता, आपसी विश्वासमा वृद्धी भई राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताएका छन् ।

चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी आज स्वेदश फर्केपछि त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी पयर्टन जस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीकातर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइए अनुसार दुवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बनधी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

नेपालको विकास नेपालीले नै गर्ने भए पनि आर्थिक समृद्धिका लागि छिमेकीहरुसँग भएका सहमतीहरुको प्रभावकारी कार्यन्वयनमा केन्द्रित हुनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उनले उपयूक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएका छन् ।