नेम्वाङले फेसबुकमार्फत देखाए वडाले गरेको गतिविधि « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

नेम्वाङले फेसबुकमार्फत देखाए वडाले गरेको गतिविधि


यलम्वर टाइम्स
२५ असार २०७५, सोमबार ०५:१७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि भएर काम गरेको आजबाट एक वर्ष पूरा भएको छ । गत असार १४ गते निर्वाचनपछि २५ गतेबाट विजयी भएका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरु विकासका काममा सक्रिय थिए ।

यही एक वर्षको अवधिमा के कति काम गर्न सफल भइयो समिक्षाकै विषय भईरहेको बेला मजदुर नेता तथा वडा नं. ७ का वडा सदस्य ऐतराज नेम्वाङ ‘सन्तोष’ ले आफ्नो फेसबुकको वालमा वडा नं. ७ मा एक वर्ष भरी विकासका कार्य गरेका गतिविधिहरु सार्वजनिक गरेका छन् ।

उनले विनम्रताका साथ सबै वडावासीहरुलाई नमस्कार ! बाट सम्बोधन गरी वडामा गरिएका कामहरु बताएका छन् । उनले भनेका छन्, ‘के कति काम गर्यौं वडावासीहरुले मूल्याङ्कन गर्नुनै भएको होला । नगरले वडालाई छुट्याएको रकम अनुसार कुनै पनि पूर्वाग्राही ढंगबाट नभई विकासका हरेक कार्यमा सहमति र सहकार्य गर्दै यसै वडामा अर्जुनधारा खेल मैदान, इथुङ्गे टोलमा मिनी पुल, निःशुल्क परजिवी शिविर, अग्र्यानिक बोडी तथा काँक्रा खेति, नालाको उचित व्यवस्था, रमाइलो बस्तीमा बाटो जस्ता कार्यमा समय बित्न पुग्यो ।’

‘विकास एक्लैले गरिने चिज होइन, सहकार्य र सबैको सहयोगबाट गरिने काम रहेछ । आउँने दिनमा सबैको सद्भाव र सहयोगबाट छुटेका कामहरुमा हामी निर्वाचित प्रतिनिधिहरु सक्रिय रहने नै छौं’ वडा सदस्य सन्तोषले भने, ‘काम गर्दै जाँदा कति कमजोरी भए होलान् क्षमा त माग्नै पर्छ । जानेर कोही पनि आएका हुँदैनन् । काम गर्दै सिक्दै जानेछौं’ भनी आम वडावासीमा अनुरोध गरेका छन् ।

उनले आउने दिनमा विकासका कार्यमा प्राथमिकता हेरि वडाध्यक्ष नवराम ढुंगानासँग रहेर अन्य वडा सदस्यहरुबीच छलफल गरी काम गरेर जाने समेत बताएका छन् ।