नेता ठाकुरलाई भने म तराईको समग्र विकास गर्छु : प्रम ओली « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

नेता ठाकुरलाई भने म तराईको समग्र विकास गर्छु : प्रम ओली


यलम्वर टाइम्स
४ श्रावण २०७५, शुक्रबार ०४:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन् ।

राजपाका नेताहरुसँग विहीबार साँझ बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन् ।

तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताएका छन् ।

सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामाजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नु पर्ने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, ‘यी सबै समस्या समाधानका लागि राजन्ीतिक रुपमा योजना बनाऔं र कार्यन्वयन गरौं ।’

अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकोले त्यसको साटो तराईमा पनि एकिकृत वस्तीको बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराएका थिए ।
राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिएका छन् ।