जनमुक्तिसँग २० गते एकता २२ गते लिम्बूवान बन्द « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

जनमुक्तिसँग २० गते एकता २२ गते लिम्बूवान बन्द


यलम्वर टाइम्स
१५ श्रावण २०७५, मंगलवार १२:३१

अर्जुनधारा । पहिचानवादी दल राष्ट्रिय जनमुक्तिसँग तीन वटा पार्टी एकता गर्ने भएको छ ।

एकतासँगै पार्टीको नाम बहुल राष्ट्रिय जनमुक्ति पार्टी रहने छ । उक्त पार्टीले पहिचानको आन्दोलन मेची–महाकाली गर्ने भएको छ ।

साउन २२ गते उसबेला राजा पृथ्वीनारायण शाहका सन्तानले लिम्बूवानको लालमोहर खोसेर अधिनायकवाद सृजना गरेको भन्दै विरोध स्वरुप लिम्बूवान बन्द गर्दै आएकोमा यो पटक अझ सशक्त रुपमा बन्दलाई लाने भएका छन् ।

एकतामा संघीय लिम्बूवान पार्टी (सञ्जुहाङ), कोचिला मुक्ति मोर्चा लगायत रहेका छन् । जनमुक्ति पार्टीले दिएको जानकारी अनुसार तेह्रथुममा पार्टीको आफ्नै जग्गामा भवन बनाउनका साथै जग्गादाता पार्टीका संस्थापक तथा अनुगमन विभागका संयोजक रामबहादुर तुम्बाहाम्फेको प्रतिमा निर्माण गर्न लागेको १ नं. इन्चार्ज प्रकाश येङ्देनले जानकारी दिए ।