विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्छ: प्रम ओली « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्छ: प्रम ओली


यलम्वर टाइम्स
११ भाद्र २०७५, सोमबार ०७:०५

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गरेर लानुपर्ने बताएका छन् ।

मध्यपश्चिमाञ्चल विश्व विद्यालय सुर्खेतको आठौं साधारणसभालाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । यसका लागि योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने उनको कथन छ ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने, ‘विश्वविद्यालयहरुमा पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी छ ।’

सरकारले देशलाई आवश्यक पर्ने जनशिक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

विश्वविद्यालयहरुले संख्यामाभन्दा पनि गुणस्तरमा ध्यान दिनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।