झापामा दोस्रो चरणको दुर्घना न्यूनिकरण महाअभियान सम्पन्न « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

झापामा दोस्रो चरणको दुर्घना न्यूनिकरण महाअभियान सम्पन्न


यलम्वर टाइम्स
१४ चैत्र २०७५, बिहीबार ११:२६

बिर्तामोड । सवारी दुर्घटना न्यूनिकरण महाअभियानको दोस्रो चरणअन्तर्गतको कार्यक्रम गत फाल्गुण ३० गतेबाट सुरु भई चैत्र १४ गते समापन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय झापाले सो महाअभियान सञ्चालनको अवधिमा विविध कार्यक्रमको आयोजना गरेर कार्यक्रम सफल बनाएको छ ।

जिला ट्राफिक कार्यालय झापाको प्राङ्गढमा भएको समापन कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख होम अधिकारीले सो अवधिमा सञ्चालित गतिविधिहरु प्रस्तुत गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष कुमार भट्टराईको प्रमुख आथित्यतामा सञ्चालन भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो अभियानको समयमा जिल्ला ट्राफिक कार्यालय झापाले उद्योग वाणिज्य संघ लगायत सञ्चार क्षेत्र समेतलाई सहभागिता गराएकोमा खुलेरै प्रशंसा गरे ।

१५ दिनसम्म सञ्चालन भएको महाअभियानको शुभारम्भमा चालकहरुलाई ७०० थान पोशाक वितरण गरिएको थियो ।

महाअभियानको अवधिमा जिल्ला ट्राफिक कार्यालय झापाले ३५० थान सचेतनामुलक पर्चा पम्प्लेट वितरण, स्थानीय तहसँग समन्वय तथा सहकार्यमा जिल्लाका ९ स्थानमा अव्यवस्थित पार्किङ हटाएको, प्याप्सन, एन–व्याप्सन र सिसानसँग ७ स्थानमा अन्तरक्रिया तथा १९ वटा स्कुलमा अनुगमन गरी ५८१ जना विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, उद्योग व्यवसायी, उद्योग संगठन तथा उद्योग वाणिज्य संघसँग ७ स्थानमा २६७ जनाको उपस्थितिमा छलफल गरी ३०० जना मजदुरहरुलाई प्रशिक्षण तथा ११३ थान साईकलमा रिफ्लेक्टर स्टिकर टाँस, झापा जिल्लाको ४ स्थानमा ३९३ जना सवारी चालकको स्वास्थ्य चेकजाँच, झापा जिल्लाको ३ स्थानमा सरोकारवाला निकायहरु २०४ जनाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम, झापा जिल्लामा ११९ वटा सार्वजनिक सवारी साधनको अनुगमन गरी ५९५ जना यात्रुहरुको टिकट चेकजाँच, सडक कार्यालय र स्थानीय तह सहितको सडक अनुगमन गरी १५ स्थानमा सडकको खाल्डा खुल्डी मर्मत, ६५ वटा पुराना ट्राफिक चिन्ह मर्मत तथा ४१ वटा नयाँ ट्राफिक संकेत चिन्ह बोर्ड राखिएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायव निरीक्षक कालिदास रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार अन्य १८ स्थानमा १०९६ जना चालह तथा सर्वसाधारणरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिई २४१ थान पर्चा पम्प्लेट वितरण, झापा जिल्लामा ११ वटा विवाह, भ्रमण, पिकनिक, धार्मिक यात्रामा रहेका सवारी साधनहरुलाई अनुगमन गरी ट्राफिक अनुगमन फारम कार्यान्वयन, झापा जिल्लाको २ स्थानमा ७० जना ट्राफिक प्रहरीको स्वास्थ्य चेकजाँच साथै चारआलीमा ७० जना मजदुर संघ संस्थाहरुको स्वास्थ्य चेकजाँच, ११३ वटा सवारी साधनहरुको मेकानिकल चेकजाँच गरी ८ वटा स्थानमा ४१५ जना चालक तथा सहचालहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, घुम्ति प्रशिक्षण ४० स्थानमा २३३१ जना चालक तथा सर्वसाधरणहरुलाई ट्राफिक नियम प्रशिक्षण, झापा जिल्लका १७ जना सञ्चारकर्मीहरुसँग १५ दिने ट्राफिक दुर्घटना न्यूनिकरण सम्बन्धी समिक्षा सहितको अन्तक्रिया गरिएको छ ।