लोक जनशक्तिसँग एकता, फोरमसँग बाँकी: अध्यक्ष केपी « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

लोक जनशक्तिसँग एकता, फोरमसँग बाँकी: अध्यक्ष केपी


यलम्वर टाइम्स
२० चैत्र २०७५, बुधबार ०७:४९

ललितपुर । संघीय र पहिचान पक्षधरसँग एकता गर्ने भन्ने उद्देश्यले अगाडि बढेको राष्ट्रिय जनमुक्ति पार्टीले लोक जनशक्ति पार्टीसँग एकता गरेको छ ।

मंगलबार दुवै पार्टी एकता पश्चात रिपोटर्स क्लबमा एकताको घोषणासँगै पत्रकार सम्मेलन गरी यस्तो उद्घोष गरेका हुन् ।

लोक जनशक्ति पार्टीका अध्यक्ष मेखराज खातीले जनमुक्ति पार्टी उठाएको वैचारिक सिद्धान्त उत्पीडन वर्गका लागि उपयुक्त भएको हुँदा जनमुक्तिसँग एकता गरिएको बताएका छन् ।

जनमुक्तिसँग एकतासँगै चुनाव चिन्ह घर र झण्डासँगै नाम स्वीकार गर्दै एकता भएको अध्यक्ष खातीले पत्रकारहरुलाई बताए ।

एकता गर्न आएका लोक जनशक्ति पार्टीका कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष केपी पालुङ्वाले फुलमाला लगाएर स्वागत गरेका थिए ।

बुधबार पार्टी केन्द्रीय कार्यालय चक्रपथमा समाहित पार्टीका साथीहरुलाई जनमुक्तिले उठाएको वैचारिक सिद्धान्तका बारे छलफल र कार्यदिशाबारे जानकारी समेत गराइएको थियो ।

पहिचान पक्षधरसँगको एकतासँगै संघीय समाजवादी फोरम नेपालसँग पनि वार्ताको लागि द्विपक्ष छलफल भएको अध्यक्ष केपी पालुङ्वाले बताए ।

जनमुक्ति संविधान पुनर्लेखनको पक्षमा रहेको तर, फोरम नेपाल जनमुक्तिले उठाएका विचार संविधानमा उल्लेख भएको त्यसको रक्षाको लागि संघीय समाजवादी फोरम नेपाल रहेको भन्ने छलफलमा उठेपछि चाँडै एकता हुने कुरामा केही प्राविधिक कठिनाइ आएको जनमुक्तिले जनाएको छ ।

उता अध्यक्ष उपेन्द्र यादव फोरम नेपाल केही मधेस र जनमुक्तिको विचार, केही कांग्रेसको, केही नेकपाको बोकेर जन्मेको हुँदा लेखिएका संविधानलाई रक्षा गर्न तपाई हाम्रो कर्तव्य भएको भनाई आएपछि एकतामा केही छलफल गर्नुपर्ने बताएका थिए ।

जनमुक्ति अध्यक्ष पालुङ्वाका अनुसार संविधान पुनर्लेखनतर्फ जानुपर्ने, अल्पसंख्यक, आदिवासी, दलित, मधेसका मुद्दामा स्पष्ट हुनुपर्ने जस्ता कुरा बोकेर जाँदा मुलुक नयाँ संरचनामा आउने बताएका थिए । वार्ता पुनः गर्ने भनी छलफल टुङ्गीएको थियो ।