सहाराले गर्यो ९० हजार ऋण मिनाह « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

सहाराले गर्यो ९० हजार ऋण मिनाह


यलम्वर टाइम्स
२३ बैशाख २०७६, सोमबार ०६:३४

अर्जुनधारा । सहारासँग आवद्ध एक सदस्यको मृत्यु भएपछि उनले तिर्नुपर्ने रकम मिनाह गरिदिएको छ ।

अर्जुनधारा–९ स्थित जागृति सहारा महिला समूहसँग आवद्ध जिन्सी सहनीले तिर्नुपर्ने रकम ९० हजार भए पनि उनको मृत्यु भएको कारण तिर्नुपर्ने रकम मिनाह गरिदिएको शनिश्चरे शाखाका प्रमुख लक्ष्मी रिजालले जानकारी दिए ।

विहीबार वडा नं. ९ का अध्यक्ष पुष्प प्रसाईको प्रमुख आतिथ्यमा जिन्सी सहनीको नाती गंगा सहनीलाई बचत रकम र पेन्सन पट्टा सहित ३९ हजार ४ सय ८७ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि वडाध्यक्ष प्रसाईले सहारा वास्तविक गरिब र गरिखानेका लागि दरबिलो खम्ब भएर आएको हुँदा यसलाई बचाइ राख्नु तपाई हाम्रो कर्तव्य भएको बताए ।

कार्यक्रममा शाखा प्रमुख लक्ष्मी रिजालले सहाराका लक्ष्य र उद्देश्यबारे प्रकाश पार्दै ‘जीवन वरदान’ कार्यक्रममा नछुट्न आग्रह गरेका थिए ।