वाणिज्यमा दुई हस्ती भिड्दै « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

वाणिज्यमा दुई हस्ती भिड्दै


यलम्वर टाइम्स
२५ जेष्ठ २०७६, शनिबार ११:४१

अर्जुनधारा । अर्जुनधारा उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि अर्जुनधारा क्षेत्रका दुई हस्ती चुनावी मैदानमा उत्रिएका छन् ।

मैदानमा अध्यक्ष पदका लागि वर्तमान सचिव चतुर्भुज काफ्ले र निवर्तमान सचिव रुद्रमणि श्रेष्ठको कडा प्रतिस्पर्धा रहेको छ ।

काफ्ले नेपाली कांग्रेस सम्बद्ध नजिक छन् भने श्रेष्ठ स्वतन्त्र व्यवसायी हुन् ।

दुवै जना शनिश्चरे बजारको लागि योगदान र बजार व्यापारीहरुका लागि भलो चाहने व्यक्तित्वको रुपमा परिचित छन् ।

चुनावी मैदानमा उत्रेका अध्यक्ष पदका काफ्ले भन्छन्, आफ्नो उम्मेद्वारी शनिश्चरे बजारलाई व्यवस्थित र भरपर्दो बजार बनाउन अर्जुनधारा नगरपालिका र अर्जुनधारा जलेश्वरधामलाई अंकमाल गर्दै पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । जसको कारण यहाँका व्यापारीहरुको भविष्य सुनिश्चित हुनेछ ।

अध्यक्ष पदका अर्का प्रत्यासी उम्मेद्वार श्रेष्ठ भन्छन्, संस्थालाई व्यवस्थित गर्दै विधान र परिधिमा रहेर व्यापारीको हित गर्नेमा आफ्नो उम्मेद्वारी रहेको छ ।

श्रेष्ठ व्यापारीक श्रेत्रमा मात्र छैनन् सहकारी क्षेत्रका अभियान्ता भएर पनि काम गर्दै आएका छन् । उता काफ्ले पनि व्यापारी मात्र नभएर सामाजिक अभियान्ताका रुपमा परिचित छन् ।

२६ गते हुने चुनावी साधारणसभामा स्थानीय व्यापारीहरुको चाख लाग्दो उपस्थिति रहने जनाइएको छ ।