मालपोत कार्यालय झापाबाट राजश्व ६१ करोड २९ लाख संकलन « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

मालपोत कार्यालय झापाबाट राजश्व ६१ करोड २९ लाख संकलन


यलम्वर टाइम्स
२० श्रावण २०७६, सोमबार ०६:१३

झापा । भूमिसुधार तथा मालपोत कार्यालय झापाले आर्थिक वर्ष २०७५।०७६ मा ६१ करोड, २९ लाख ६३ हजार ५८८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले रजिस्टेशन शुल्कतर्फ ४१ करोड ६० लाख ६२ हजार ९ सय ३८ रुपैयाँ र पुँजीगत लाभकरतर्फ १९ करोड ६९ लाख ६ सय ५० रुपैयाँ गरी कुल ६१ करोड २९ लाख ६३ हजार ५८८ रुपैयाँ राजश्व संकलन गरेको हो ।

मालपोतले आर्थिक वर्ष ०७४।०७५ मा ४७ करोड ५१ लाख ५३ हजार ९२८ रुपैयाँ राजश्व संकलन गरेका थियो ।

यसको तुलनामा आर्थिक वर्ष ०७५।७६ मा १३ करोड, ७८ लाख ९ हजार ६६० रुपैयाँ बढी राजश्व संकलन भएको सूचना अधिकारी तथा मालपोत अधिकृत दीपेन्द्र खत्रीले जानकारी दिए ।

यसका साथै महिलाको नामबाट जग्गाको खरिद बिक्री गर्दा सरकारले रजिस्टे«शन शुल्कमा २५ प्रतिशत छुट दिने भएपछि जग्गा कारोबारमा महिलाको संख्या वृद्धि भएको छ ।

महिलाको नाममा जग्गा खरिद गर्दा राज्यले रजिस्टे«शन शुल्कमा २५ प्रतिशत छुट दिने गरेकोले जग्गा कारोबारमा महिलाको संख्या बढेको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष ०७५।०७६ मा माई पूर्वका स्थानीय तहहरूमध्ये कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जूनधारा नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, हल्दीवारी गाउँपालिका, झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाबाट जम्मा २५ हजार १७ वटा रजिस्टे«शन पास भएको छ ।

पास भएको रजिस्टे«शन मध्ये महिलाको नाममा १५ हजार १ सय २३ वटा र पुरुषको नाममा ९ हजार ८ सय ९४ वटा जग्गा रजिस्टे«शन पास भएको अधिकृत खत्रीले जानकारी दिए । गत आर्थिक वर्षमा १७ हजार ६६ वटा दृष्टिबन्धक पास भएको छ ।