राईलाई शिक्षा पत्रकारिता पुरस्कार « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

राईलाई शिक्षा पत्रकारिता पुरस्कार


यलम्वर टाइम्स
२१ भाद्र २०७६, शनिबार ०४:१६

अर्जुनधारा । दुई दशकअघिबाट पत्रकारिता पेशामा आवद्ध पत्रकार रमेश समदर्शी राईलाई पत्रकारिता पुरस्कारको लागि प्रेस क्लब अर्जुनधाराले सिफारिस गरेको छ ।

आईतबार शिक्षा शाखा नगरपालिकाले शिक्षा दिवसको अवसर पारेर विभिन्न शिक्षा सेवीहरुलाई सम्मान गर्ने कार्यक्रममा नगरका एक पत्रकारलाई पुरस्कृत गर्ने भएको शिक्षक पुण्य सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ शिक्षक, दानबीर साथै उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान गर्ने भएका छन् ।

रमेश हाल अर्जुनधारालाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका छन् । केही महिना अघिबाट न्यूज सञ्जाल अनलाइन सञ्चालन गरेर बसेका समदर्शी यस अघि विवेचना दैनिक, मेची टाइम्स दैनिक, प्रतिदिन दैनिकमा आवद्ध भएर काम गरिसकेका छन् ।

अर्जुनधारा–७ निवासी राई खेलकुद पत्रकार मञ्च झापाका पूर्व अध्यक्ष तथा प्रेस क्लब अर्जुनधाराका वर्तमान उपाध्यक्ष रहेका छन् ।

शिक्षा पत्रकारिता पुरस्कारबाट पहिलो पटक यस क्षेत्रकै अग्रज पत्रकार दिपीन राईलाई प्रदान गरिएको थियो ।