‘उत्पीडित समुदायका लागि निष्पक्ष कलम चलाउन आवश्यक’ « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

‘उत्पीडित समुदायका लागि निष्पक्ष कलम चलाउन आवश्यक’


यलम्वर टाइम्स
२४ भाद्र २०७६, मंगलवार ०७:०४

[कमल चौधरी]

रुपन्देही । थारु पत्रकार संघ नेपालको कन्द्रीय महाधिवेशनमा कृषि तथा पशुपंक्षी राज्यमन्त्री राजकुमारी चौधरीले थारु समुदायको हक अधिकार सुनिश्चितका लागि मिडियाको दबाबमूलक अभियान महत्वपूर्ण हुने बताउदै निष्पक्ष भएर कलम चलाउन आग्रह गरेकी छिन् ।

उनले समाज र देशलाई परिवर्तन गर्न सक्ने ठुलो शक्ति मिडिया नै भएको बताउँदै उत्पीडित जात, जाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि सक्रिय भएर कलम चाउन आग्रह समेत गरेका छन् ।

चितवनको सौराहामा आयोजित थारु पत्रकार संघको चौंथौ केन्द्रीय महाधिवेशनको उद्घाट गर्दै मन्त्री चौधरीले अब पत्रकारहरुले उत्पीडित जात–जाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी निष्पक्ष रुपले कलम चालउन आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा थारुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्षमण थारुले थारु सचेत पत्रकारहरुले न्यायको पक्षमा कलम चाउन आग्रह गरे ।

उनले थारु पत्रकारहरुले थारु समुदायको अधिकार र पहिचानको सुनिश्चिता गर्न, अन्यायको विरुद्धमा कलम चाउन आवश्य रहेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा चौधरी, लक्ष्मी चौधरी, तेजुलाल चौधरी, प्रदेश सांसद रामलाल महतो, प्रदेश २ का योजना आयोग सदस्य राजकुमार लेखी लगायतले बोल्दै थारु समुदायको हक अधिकार सुनिश्चित गर्न थारु पत्रकारहरु सक्रिया भएर कमल चालउनुपर्नेमा जोड दिए ।

चार जना पत्रकार सम्मानित

सो अवसरमा महाधिवेशन कार्यक्रममा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ ।

लक्की चौधरी, सुमित्रा महतो, सुनिल चौधरी र पुष्पा चौधरी सहित चार जनालाई महाधिवेशन कार्यक्रममा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो ।

उनीहरुलाई नगद सहित सम्मानित गरिएको हो । त्यस्तै हरेक वर्ष संघले एक जिल्ला शाखालाई उत्कृष्ट शाखा घोषाण गरी सम्मान प्रदान गर्दै आईरहे पनि यस वर्ष भने चितवन र कपिलबस्त जिल्लालाई उत्कृष्ट शाखा भनी सम्मान गरिएको छ ।

दहितको नेतृत्वमा थारु पत्रकार संघको नयाँ कार्यसमिति

महाधिवेशनले सन्तोष दहितको नेतृत्वमा थारु पत्रकार संघको नयाँ कार्यसमिति चयन गरेको छ ।

थारु पत्रकार संघ नेपालले सन्तोष दहितको (दाङ्ग) अध्यक्षतामा दुई सदस्य मनोनयन गर्ने गरि १७ सदस्यीय नयाँ कार्य समिति सर्वसहमति चयन गरेको निर्वाचन समितिका संयोजक लक्की चौधरीले जानकारी दिए ।

समितिको महासचिवमा सन्त कुमार चौधरी (चितवन), उपाध्यक्षमा उन्नती चौधरी (कैलाली), सचिबमा कमल चौधरी (रुपन्देही), कोषाध्यक्षमा दुष्यन्त चौधरी (बारा) रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा राजु चौधरी (चितवन), रामचन्द्र कुश्मी (कञ्चनपुर), हेमन्त चौधरी (बाँके), दिप्ती शिखा चौधरी (दाङ्ग), श्रीराम दहित (दाङ्ग), मधुरानी चौधरी (बाँके), रेनु चौधरी (बारा), शम्भु प्रसाद थारु (बाँके), राम अवतार चौधरी (कपिलबस्तु), चन्द्रिका चौधरी (कञ्चनपुर) चयन भएका छन् ।

संघको देशभर १८ जिल्लामा शाखा विस्तारित छ भने करिब अढाई सय पत्रकार आवद्ध छन् ।

९ बुदेँ घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्न

महाधिवेशनमा ९ बुदें चितवन सौराहा घोषणापत्र जारी गर्दै महाधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।

जसअन्तर्गत नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरेकोले सोही अनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यहरुमा थारु कोटाको छुट्टै व्यवस्था हुनुपर्ने, थारु क्लस्टर छिन्न भिन्न बनाइएकोले थारु पहिचान खुल्ने गरी छुट्टै प्रदेश र संविधानले व्यवस्था गरेको विषेश क्षेत्र र संरक्षित क्षेत्र निर्माण गर्न, थारु बाहुल क्षेत्र रहेको स्थानीय तहहरुमा थारु मातृभााषालाई कामकाजी भाषा बनाउनु पर्ने माग छन् ।

यसरी नै नेपाल सरकार (संघ, प्रदेश र स्थानिय तह) ले पत्रकारिताको विकासका लागि प्रदान गर्दे अनुदान र सहयोग थारु पत्रकार संघलाई उपलब्ध गराउन, मुलधारका मिडियामा थारु समुदायका सबाल प्रकाशन तथा प्रसारण सन्तोषजनक नभएकाले त्यसमा ध्यान दिनु पर्नेछ भनिएको छ ।