चिनियाँ विदेशमन्त्री वाङ यीसँग प्रधानमन्त्री ओलीको भेटघाट « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

चिनियाँ विदेशमन्त्री वाङ यीसँग प्रधानमन्त्री ओलीको भेटघाट


यलम्वर टाइम्स
२४ भाद्र २०७६, मंगलवार ०७:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको छ ।

भेटपछि प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले दिएको जानकारी अनुसार नेपाल चीन सम्बन्धलाई अझ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो विगतको चीन भ्रमणको स्मरण गर्दै त्यस बेला भएका सहमतिलाई कार्यन्वयन गर्दै सम्बन्धलाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपाल एक चाइना नीतिको पक्षमा रहेको स्पष्ट पारेका छन् । ‘नेपालको भूभाग हामी हाम्रा कुनै पनि छिमेकी र मित्र राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैनौ भन्नेमा हामी दृढ छौं’ भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालले चीनबाट उच्च स्तरीय भ्रमण चाँडो होस् भन्ने चाहेको बताएका छन् । विदेशमन्त्री यीले त्यसतर्फ तयारी भइरहेकोले यो अपेक्षा चाँडै पूरा हुने बताएका छन् ।