अर्जुनधारामा संविधान दिवस भव्य मनाइने « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

अर्जुनधारामा संविधान दिवस भव्य मनाइने


यलम्वर टाइम्स
२८ भाद्र २०७६, शनिबार ०२:३४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले असोज २ गतेबाट ३ दिन संविधान दिवस भव्य रुपमा मनाउने भएको छ ।

संविधानबाटै स्थानीय सरकार, प्रदेश सरकारको जन्म भएको र स्थानीय अधिकार पर्याप्त प्राप्त गर्न संविधानले अह्म भूमिका खेलेको भन्दै संविधान दिवस भव्य रुपमा मनाउन लागिएको बताइएको छ ।

संविधान दिवस कसरी मनाउने ? भन्ने विषयमा बोर्ड बैठकमार्फत सार्वजनिक गरिने भएको एक सदस्यले जानकारी दिए ।

शुक्रबार नगरपालिकाको सचिवालय कक्षमा भएको छलफलमा संविधान दिवस मनाउनका लागि प्याव्सन अध्यक्ष रुद्र सिटौला, नगर प्रमुखका सल्लाहकार र वडा सदस्यबीच भएको छलफलमा २ गते बिहान ७ बजे देउनीया चौरीबाट देवकोटा चोकसम्म मिनी म्याराथुन, दिउँसो १२ बजेबाट संस्थागत, सामुदायिक विद्यालयसहित संविधान दिवस विषयमा रचनात्मक मन्तव्य कार्यक्रम, ३ गते बिहानै सबै विद्यालयमा झण्डोत्तलन, ७ बजेबाट नगरपालिकादेखि देवकोटा चोकसम्म प्रभाव फेरी कार्यक्रम गरिने भएको छ ।

सोही दिन शहीदका परिवारलाई सम्मान र साँझ दीप प्रज्वलन गरिने भएको छ । यसरी नै ४ गते १२ बजेबाट शनिश्चरे बजारको देवकोटा चोकमा विभिन्न जातीय सांगीतिक कार्यक्रम गरिने भएको समेत जनाइएको छ ।