युवाहरुको घरआँगनमा सचेत युवा « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

युवाहरुको घरआँगनमा सचेत युवा


यलम्वर टाइम्स
२ आश्विन २०७६, बिहीबार ०४:४७

रोङ । ‘समाज रुपान्तरणको लागि युवा परिचालन’ भन्ने मुख्य उद्देश्यका साथ युवा सशक्तिकरण समूहले रोङ गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा सुरक्षित आप्रवासन प्रद्र्धधन तथा मानव बेचबिखन रोकथाम सम्बन्धि घर–घरमा पुगेर सचेतना जगाएका छन् ।

बिना जानकार वैदेशिक रोजगारमा पुग्दा सयौं युवाहरुले दुःख पाएको हुँदा त्यस्तो दुःख व्यहोर्नु नपरोस् भन्दै युवा सशक्तिकरण सञ्जालले सचेतना जगाएको हो ।

गाउँले परिवेशसँगै कमजोर आर्थिक अवस्थाका कारण प्रायः जसो पहाडी जिल्लाका युवाहरु वैदेशिक रोजगारमा होमिन पुगेका छन् ।

सचेत युवाहरुको संगठनले गाउँले युवाहरुलाई यसरी नै जागरुकतासँगै सचेतना अपनाउन सिकाएको हुँदा स्थानीयहरु हर्षित देखिन्थ्ये ।

सचेतना छर्न हिंड्नेहरु अधिकांश क्याम्पस अध्ययन गरेकाहरु देखिन्छन् । रोङमा सञ्चालित सचेतना कार्यक्रमलाई एडब्लुओ इन्टरनेशनल संस्थाले मुख्य साझेदारी गरेको छ ।

युवा सशक्तिकरण समूहले वडा–वडामा पुगी युवाले वैदेशिक रोजगारमा जानु अघि अपनाउनु पर्ने कानूनी पक्रिया, मानव बेचबिखन रोकथामका सकारात्मक सन्देश दिँदै हिंडेका छन् ।

समूहले यसअघि युवालाई सुरक्षित आप्रवसन, मानव बेचबिखन रोकथाम र उद्यमशील विकास तथा व्यावसायिक सम्बन्धिको तालिम समेत दिएको समूहका अध्यक्ष तेजकुमार आचार्यले यलम्वर टाइम्सलाई बताए ।

उनका अनुसार गाउँपालिकाका सबै वडामा व्यावसायिक तालिम मानव अधिकार मञ्चले प्रदान गर्नेछ । सोही अवसरमा गाउँपालिका स्तरीय युवा सञ्जाल गठन गरिएको थियो । सञ्जालको अध्यक्ष तेजकुमार आचार्य चुनिएका छन् । उनी सञ्चारकर्मी पनि हुन् ।

नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा जीवन दाहाल, उपाध्यक्षमा डाइमन तिम्सिना, सचिव शर्मिला राई, सहसचिव प्रकाश राई र कोषाध्यक्षमा सिर्जना राई चयन भएकी छिन् ।

यसरी नै सदस्यहरुमा सन्तबहादुर तामाङ, राम चाम्लिङ, जानुका लकानद्री, खड्क राई, विशाल खाप्तुवा, दीपा लिम्बू रहेकी छिन् । मानव अधिकार मञ्च इलामले रोङ गाउँपालिका र माइ नगरपालिकाको १६ वटा स्थानमा समूह सञ्चालन गर्दै आएको छ ।