यो संविधान लामो टिक्न सक्दैन: जनमुक्ति « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

यो संविधान लामो टिक्न सक्दैन: जनमुक्ति


यलम्वर टाइम्स
४ आश्विन २०७६, शनिबार ००:२३

[पुरुषोत्तम पौडल]

सुरुङ्गा । संविधान विषयक एक अन्तरक्रियामा उपस्थित वक्ताहरुले संविधान पुर्नःलेखन हुनुपर्ने माग गरेका छन् ।

बनिसकेको संविधानलाई संशोधन हुन नसक्ने भएको हुँदा पर्नुःलेखन जरुरी भएको बताएका छन् ।

असोज ३ संविधान पुर्नःलेखन विषयक एक अन्तरक्रियामा राष्ट्रिय जनमुक्ति पार्टीले यस्तो माग राखेको हो ।

कार्यक्रममा संघीय उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख मोहन धिमालले वर्तमान संविधान जनताको लागि स्वीकार्य नभएको बताए ।

दुइतिहाइ सरकारले काम गर्न अप्ठ्यारो भएको खण्डमा संशोधन गर्दै आफ्नो सजिलो बाटो बनाउन सक्छ तर नेपाली जनताको भावना अनुसार हुन सक्दैन । त्यसैले जनमुक्ति पार्टी पुर्नःलेखनको माग गर्दछ ।

अन्तरक्रियामा संघीय उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष प्रकाश यङ्देनले संविधान दिवस पञ्चायती शैलीको आवरणबाट मनाएको आरोप लगाए ।

उपाध्यक्ष यङ्देनले नागरिक भेला गरेर संविधान कहाँ मनाएको हो र ? विद्यार्थीलाई चक्लेट बाडेर पञ्चायती भूत ब्यूँझाउँन खोजेको बताए ।

उसबेला एक जना राजा हुन्थे, अहिले धेरै छोटे राजा जन्मिएको हुँदा सत्ता पक्षले संविधान सम्बन्धि अन्य दलहरुसँग अन्तरक्रिया गर्न नचाहेको आरोप लगाए ।

यसरी नै प्रदेश सचिव कृष्ण थेवेले २०७३ को अन्तरिम संविधान भन्दा २०७२ को संविधान आदिवासी जनजाति, दलित, अल्पसंख्यक र महिलाहरुको लागि पेचिलो बनेको बताए ।

उनले भ्रष्टचारी माफियाहरुलाई संवैधानिक देशद्रोहीको रुपमा कानुन चलाउनु पर्ने र महिलाहरुका लागि ५० प्रतिशत रोजगारको व्यवस्था राज्यले गर्नु पर्ने माग गरे ।

आदिवासी नेता विष्णु राजवंशीले रैथाने जातिको प्रगतिमा संविधान नभएको बताउँदै पहिचानसहितको संघीयता धर्मनिरपेक्षतासहितको अधिकार आवश्यक भएको बताए ।

जनमुक्ति पार्टी जिल्ला अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको कार्यक्रममा अर्जुनधारा नगर पार्टी अध्यक्ष दिलिप राईले पार्टी संविधान संशोधनको पक्षमा आन्दोलनमा उत्रिरहेको बेला सरकारद्वारा संविधान मनाउने कार्यक्रममा सहभागी हुन नसक्ने बताए ।

उनले भने, संविधान दिवसको नाममा लगाइएका जर्सीहरु गरिब जनताको करबाट उठेको रकमबाट बनाइएको हुँदा आफ्नो पार्टी त्यसप्रति सचेत बनेको छ ।

पूर्व जिल्ला अध्यक्ष भवानी सेलिङ, सांस्कृतिक विभाग अध्यक्ष कैलाश थापा, प्रदेश उपाध्यक्ष तिलसिंह माङमु आदिले यो संविधान लामो समयसम्म टिक्न नसक्ने ठोकुवा गरे ।