अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको भव्य तयारी « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको भव्य तयारी


यलम्वर टाइम्स
७ मंसिर २०७६, शनिबार ०५:२४

अर्जुनधारा । बालाचतुर्दशीमा पितृ उद्दारको लागि सद्बीज छर्न आउने भक्तजनहरुको सुविधाको लागि अर्जुनधारा जलेश्वरधामले सहजता अपनाउन तीन ठाउँमा आकाशे पुल तयारी गर्न लागेको छ ।

बालकदेखि वृद्धसम्मलाई सद्बीज छर्न सहज होस्भन्दै धाम समितिले आकाशे पुल तयार गरेको हो । सोही दिन सद्बीज छर्न आउँदा बहुमूल्य गरगहना नलगाई आउन समेत धामले आह्वान गरेको छ ।

धाम अध्यक्ष नविन गट्टानीका अनुसार शान्ति सुरक्षा तथा स्वयम्सेवक परिचालन गरिने भए पनि कतिपय ठाउँमा निगरानी नपुग्न सक्छ । त्यस्तो अवस्थामा सचेत रहन समेत अनुरोध गरेका छन् ।

पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरि भएको धार्मिक अनुष्ठानमा यो वर्ष नेपाल भारतमात्र होइन भुटान र अन्य देशबाट पनि पर्यटकहरु आउने जनाईको छ ।

बालाचतुर्दशीको अघिल्लो रात पितृहरुका नाममा दीप प्रज्वलनसँगै भजनकृतन, नेपाली लोक भाकाका पञ्चेबाजा बजाउँदै जागरम बस्ने भएको हुँदा उपस्थित धर्मप्रेमीहरुका लागि चिया नास्ता र खानाको समेत व्यवस्था भएको समितिले जनाएको छ ।

दैनिक हुने गंगा आरती र साँझपख दुलही झै सिंगारिएको अर्जुनधारा जलेश्वरधाम प्रत्येक साँझ आकर्षक भजन र गंगा आरतीले धर्मप्रेमीहरुको बाक्लो सहभागिता देखिन्छ ।