चारपाने हत्या प्रकरणः हत्या गरी परालमा जलाइएको आशंका « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

चारपाने हत्या प्रकरणः हत्या गरी परालमा जलाइएको आशंका


यलम्वर टाइम्स
२१ माघ २०७६, मंगलवार ११:२४

फोटोः विष्णु श्रेष्ठ

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज एक घटनाले समाजलाई भयवित बनाएको छ ।
चारपाने चोक मुख्य राजमार्गबाट करिव ३ सय मिटर दक्षिण राजगढ जानेबाटो पूर्वमा घटना घटेको छ । घटनाको प्रकृतिलाई हेर्दा ढुङगाले हानेर परालको माचमा लगेर जलाईको अनुमान गर्न सकिन्छ ।

परालको माचमा हात,खुट्टा जलेको अवस्थामा सव देखिन्छ, सव भएको ठाउँबाट सय  मिटर पस्चिममा रगत लतपतिएको छ, त्यसै गरि करिव  सय  मिटर पूर्वमा पनि रगत तलपतिएको ढुङ्गा र काटिएको  जस्तो शरिरको कुनै अंग देखिन्छ ।

घटना कस्ले घटायो कस्लाई हत्या गरेको कतिजनाको घत्या भएको भन्ने  अहिले सम्म खुल्न सकेको छैन । घटना अनुसन्धनको लागि प्रहरीले विहानै देखि सो क्षेत्रमा सर्वसाधरणहरुलाई जान दिएको छैन । यो समाचार तयार पार्दा सम्म  तालिम प्राप्त कुकुर ल्याएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । आम सञ्चारबाट