लिम्बूवान र खम्बूवानको पूर्ण अधिकारको लागि किरात प्रदेशः जनमुक्ति अध्यक्ष पालुङ्वा « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

लिम्बूवान र खम्बूवानको पूर्ण अधिकारको लागि किरात प्रदेशः जनमुक्ति अध्यक्ष पालुङ्वा


यलम्वर टाइम्स
२ फाल्गुन २०७६, शुक्रबार १४:५३

धरान । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वाले लिम्बूवान र खम्बूवानको पूर्ण अधिकारका लागि किरात स्वायत्त राज्य आवश्यक भएको घोषणा गरेका छन् ।

पार्टीको बैशाख ५, ६, ७ र ८ गते सुनसरीको धरानमा हुने ऐतिहासिक छैठौ महाधिवेशनको सचिवालय उद्घाट गर्दै अध्यक्ष पालुङ्वाले छुट्टा छुट्टै भावना गरिएको मागले अधिकार प्राप्त गर्न गाह्रो हुने भएको हुँदा पूर्व किरात भूमिमा अवस्थित लिम्बूवान र खम्बूवानको पूर्ण अधिकार प्राप्ति किरात स्वायत्त प्रदेशबाटै हुने बताए ।

किरात शब्द सभ्यतासँग अडिएको शब्द हो । जातिको नाम स्वीकार्न नसकिरहेको बेला प्रदेश नम्वर १ किरात स्वायत्त प्रदेश उचित हुनेमा जोड दिए । उनले अगाडि भने, ‘किरात प्रदेशमा थुप्रै जातिहरुको सघन बसोवास भएको हुँदा लेप्चा, कोचिला, आठपहरिया, धिमाल जस्ता जातिहरुलाई मिलाएर लैजान र उपस्वायत्त प्रदान गर्न पनि किरात प्रदेश आवश्यक रहेको जनाए ।

इतिहास बनाउन र परिवर्तन गर्न एक्लै लडेर प्राप्त गर्न सकिने होइन, सामूहिक र सहकार्यबाटै जीतिने लडाइ भएको हुँदा अधिकार प्राप्तिका लागि एकता जरुरी छ ।

त्यसैले किरात राज्य नामका लागि सबै दलको ऐक्यबद्धता आवश्यक भएको बताए ।

ठूला दल किरात राज्यको लागि कतिका उदारता बोकेका दल हुन भन्ने प्रस्ट हुँदा–हुँदै ठूला दलसँग सति जानुपर्छ भन्ने साना दलको एकताबाट पनि अधिकार प्राप्त गर्न सकिनेमा जोड दिए ।

अध्यक्ष पालुङ्वाले भने, जातीय मुक्तिको शंखघोष र आत्मा निर्णय सहितको उठानमा जन्मिएको पार्टी हो जनमुक्ति । बहुदलीय लोकतान्त्रिक समाजवाद, जनमुक्तिको विचारधारा भएकोले यस विचारधारालाई सबैले अंगाले जातीय मुक्ति सहितको अधिकार प्राप्त गर्न बन्दुक बोक्नु नपर्ने बताए ।

हामी रक्तापात र धाकधक्कीलाई विश्वास गर्दैनौं, हामी विचार र बहस गर्दै अगाडि बढ्ने भएको हुँदा जनमुक्तिको विचारधारा छैठौं महाधिवेशनले बोकेर आम जनतामा जाने समेत जानकारी दिए ।

सालिनपूर्वक २९ वर्ष पार गरेको दल हो जनमुक्ति धेरै निर्वाचन र उपनिर्वाचन थेगेको छ । त्यसैले यो धर्तीमा उदाएको जनमुक्ति विचारधारालाई तहसनहस हुन्छ भन्ने कल्पना कसैले गर्छ भने त्यो उसको लागि दिवा सपनामात्र हुनेछ ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष पालुङ्वाले जनमुक्तिको विचारलाई अंगालेर केही व्यक्ति आए गए त्यसले पार्टीलाई कुनै असर नपरेको बताउँदै यो पार्टी संख्याको हिसाबले थोरै भए पनि मेची–महाकालीसम्म पुग्न सफल भएको दल हो ।


हामीले आउने ७९ को निर्वाचनलाई अहिलेबाटै अभ्यास गर्दै जाँदैछौं त्यसलाई टेवा जनमुक्ति विचारधाराले दिनेछ । त्यसपछि वैकल्पिक शक्तिमा जनमुक्ति बाहेक अर्को हुनै नसक्ने ठोकुवा गरे ।

हामीले आउने ७९ को निर्वाचनलाई अहिलेबाटै अभ्यास गर्दै जाँदैछौं त्यसलाई टेवा जनमुक्ति विचारधाराले दिनेछ । त्यसपछि वैकल्पिक शक्तिमा जनमुक्ति बाहेक अर्को हुनै नसक्ने ठोकुवा गरे ।

कार्यक्रममा पार्टी उपाध्यक्ष मीना पन्धाक, प्रदेश नम्वर ५ का डीके राना, महिला प्रमुख होममाया गुरुङ, प्रदेश नं. ४ का इञ्चार्ज हस्तबहादुर थापा, प्रदेश नं. २ का सर्मिला महतारा, उपमहासचिव रामु परियार, अनुगमन समिति सहसंयोजक अशोक पुन, बलदीप राई, युवा महासंघका ममता बुढाथोकी, पार्टीका कोषाध्यक्ष डब गबुर्जा, पार्टीका युवा नेता सूर्य सारु, तारा बराल, केभी पुन, पर्शुराम मगर, खड्क सेञ्चुरी, कृष्णकुमार थेवे, विष्णु थाङदेन, हरि तिम्सिना, भुवन थापा, बालकुमार गुरुङ, ललित थेवे, मनकुमार लिम्बू, कृष्ण राई, गणेश आले, मदन तामाङ, राम कुशुवाल मण्डल, चेतबहादुर परियार, सञ्जय मण्डल, डम्बर कुरुम्बाङ, सुवास विशुङ्खे, लोक आङ्ला, चन्द्र लिङ्खीम, प्रकाश राई, फिपराज लिम्बू, सागरनाथ रेग्मी, चित्र थापा मगर, कैलाश थापा, पवित्रा तुम्वाहाम्फे लगायतले आगामी बैशाखमा हुने छैठौं महाधिवेशनका विषयमा आ–आफ्ना राय प्रस्तुत गरेका थिए । महाधिवेशन परिचालन समितिका संयोजक रामबहादुर तुम्वाहाम्फे रहेका छन् ।

सचिवालय प्रमुख पार्टी उपाध्यक्ष मोहन धिमालको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैलाई प्रदेश नम्वर १ का संयोजक तथा केन्द्रीय उपाध्यक्ष प्रकाश येङ्देनले पार्टीको पूर्वको गतिविधिसँगै अधिवेशनका बारेमा आफ्नो राय राख्दै सचिवालय उद्घाटनमा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

पार्टी सचिव पदम जवेगुले सञ्चालन गरेको कार्यक्रममा पार्टी महासचिव केशव सूर्यवंशीले सचिवालयको अवधारणा र महाधिवेशनका विषयमा सहजीकरण गरेका थिए । विशिष्ट अतिथि समेत रहेका सूर्यवंशीले जनमुक्ति विचारधारा विषयभित्र बहुजातीय, लोकतान्त्रिक समाजवादको उदय, नेपालको सन्दर्भमा महत्वपूर्ण दस्ताबेज बनेर आउने बताए ।

महासचिव सूर्यवंशीले भने, ‘आदिवासी बासोबास भएको धेरै राष्ट्रहरुमा बिना हात–हतियार विचारले अधिकार प्राप्त गरेको तथ्य हाम्रो सामु छ । त्यसलाई अंगीकार गर्दै अगाडि बढ्ने छौं ।’