कोभीड–१९ हेलचेक्राई नगरौं « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

कोभीड–१९ हेलचेक्राई नगरौं


यलम्वर टाइम्स
१ चैत्र २०७६, शनिबार ०३:४८

अर्जुनधारा । बिहीबार दुई युक्रेनी नागरिक काँकरभिट्टा नाका हुँदै नेपाल छिर्न लाग्दा त्यहाँको हेल्थ डेक्सले भारततिरै फर्काई दिएका छन् ।

निकै उत्साहपूर्वक छिर्दै गर्दा हेल्थ डेक्सले उनको स्वास्थ्य चेक जाँज गर्दा १०४ डिग्री ज्वरो आएकाले शंका गरी उतै फर्काइदिएका थिए ।

कोरोना भाइरसले संसारका १ सय २५ देशलाई सताईरहँदा नेपालले सिमा नाकामा कडाई गर्न सकिएन भने त्यो महामारीको रुप नेपालमा नफैलेला भन्न सकिन्न ।

भारतले आफ्नो एरिया अर्थात् नाकामा २५ अप्रिलसम्म सबै बन्द गरेको छ । विशेषगरी भारतीय बजारका होटलमा कोरोना संक्रमण देखा पर्ने अनुमान गरेपछि सतर्कता अपनाएको छ ।

सरकारले विभिन्न ७ वटा देशबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने जनाएको छ । चीन, ईटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

यसरी नै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सम्पूर्ण विद्यालय, कलेज र सिनेमाहल मार्च ३१ अर्थात् (चैत १८ गते) सम्म बन्द गरेको छ ।

छिमेकी मुलुकमा यतिका सतर्कता अपनाईरहेको बेला भारतसँग प्रत्यक्ष जोडिएको जिल्ला मेचीको झापा जिल्ला पनि हो ।

त्यसकारण पनि सिमामा निकै कडाईका साथ लाग्नु पर्ने बेला आएको छ । झापाको १५ पालिका मध्ये हल्दिबारीले ठाउँ(ठाउँमा जनचेतना छर्दै अगाडि बढेको छ । अन्य पालिकाले पनि सचेतना अपनाएको छ तर प्रचार(प्रसार कम गरेको गुनासो छ ।

स्वास्थ्य शाखा मार्फत् चेतना फैल्याउँनु पर्ने हो त्यसो नहुँदा कोरोना सम्बन्धी गाउँबासी जनता त्रसित भएको पाइन्छ । कम्तीमा सचेत हुने उपाय जानकारी दिनु जरुरी छ ।

अर्जुनधाराका वडा(वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई अझै पनि कोरोना भाइरस सम्बन्धी पूर्ण ज्ञान हुन सकेको छैन ।

त्यसैले नगरपालिकाले कोरोना भाइरस सम्बन्धि ११ वडामै कार्यक्रम व्यापक ल्याउनु पर्ने नाम नछाप्ने सर्तमा एक वडाध्यक्षले यलम्बर टाइम्सलाई बताए ।

त्यसो त मेचीनगर नगरपालिका भारतसँग सीमा जोडिएको नगरपालिका भएका कारण पनि कोरोना सम्बन्धी जनचेतना ल्याउन ढिलो गरेको गुनासो छ ।