भद्रपुरका एक व्यक्तिलाई कोरोनाको आशंका, परीक्षणका लागि काठमाण्डौ लगियो « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

भद्रपुरका एक व्यक्तिलाई कोरोनाको आशंका, परीक्षणका लागि काठमाण्डौ लगियो


यलम्वर टाइम्स
२ चैत्र २०७६, आईतवार ११:२७

भद्रपुर । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

प्रजिअ रानाका अनुसार चिकित्सकहरुले उपचारका लागि निज व्यक्तिलाई काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस गरेका छन् ।

‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ,’ प्रजिअ रानाले रासससँग भन्नुभयो–‘उपचारका लागि डाक्टरहरुकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’ लोकतन्त्र पोष्टबाट