अर्जुनधारामा कोरोना रोकथाम सम्बन्धि अन्तरक्रिया « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

अर्जुनधारामा कोरोना रोकथाम सम्बन्धि अन्तरक्रिया


यलम्वर टाइम्स
४ चैत्र २०७६, मंगलवार ०७:४०

अर्जुनधारा । नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न झापाको अर्जुनधारा नगरपालिकाले सचेतना कार्यक्रम गरेको छ ।

सोमबार नगरले जनप्रतिनिधि, कर्मचारी, स्थानीय प्रशासन र स्वास्थ्यकर्मीबीच अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मीले नगरले स्थापना गरेको हेल्प डेक्सबाट आगन्तुकको इन्फारेट थर्मामिटरबाट ज्वरो नाप्ने र साबुन पानीले हात धुन आग्रह गरिरहेको बताए ।

कार्यक्रममा डा. मुना नेपालले सहभागीलाई कोरोनाको लक्षण, बच्ने उपाय र अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिएकी थिइन् ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले बढी भिडभाड हुने क्षेत्रमा नजान र आवश्यक सचेतता अपनाउन आग्रह समेत गरे ।

नगरपालिकाले बढी ओहोरदोहार र जमघट हुने नगरपालिकाको गेट, बसपार्क र स्वास्थ्य चौकीमा हेल्प डेस्क स्थापना गरिसकेको छ ।

कार्यक्रममा वडाध्यक्ष बलदेव गोम्देन, ध्यानबहादुर भारती, दुर्गा दाहाल, जनप्रतिनिधि कुन्दन भट्टराई, पशु सेवा शाखाका प्रमुख पदमलाल राई लगायतले आ–आफ्नो विचार राखेका थिए ।