अर्जुनधारामा नदीजन्य सामग्रीको व्यवस्थापनका लागि बहस « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

अर्जुनधारामा नदीजन्य सामग्रीको व्यवस्थापनका लागि बहस


यलम्वर टाइम्स
४ चैत्र २०७६, मंगलवार ०७:५४

ठेक्का नलाग्दा ४ करोड बढी आन्तरिक राजश्व गुमाउँदै

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्रीको व्यवस्थापन गर्न बहस शुरु गरेको छ ।

नदीजन्य सामग्रीको व्यवस्थापन समुदायमा हस्तान्तरण गरेपछि आन्तरिक आम्दानीको स्थायी स्रोत रहने भएकाले समुदायमा हस्तान्तरण गर्न बहस शुरु गरिएको नगरले जनाएको छ ।

नगरपालिकाले पटक ठेक्का खोल्दा पनि यो बर्ष नदीजन्य सामग्रीको ठेक्का लाग्न नसकेपछि नदीजन्य सामग्री व्यवस्थापनका लागि नगरपालिकाले पहल थालेको हो ।

नगरपालिकाको सभाहलमा सोमबार आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलले आगामी बर्षदेखि समुदायमा हस्तान्तरण गरेर भए पनि स्रोतको उपयोग गर्नुपर्ने सुझाव दिएका थिए ।

उनले समुदायमा हस्तान्तरण गर्दा सामुदायिक बनको व्यवस्थापन जसरी प्रभावकारी हुने समेत सुझाव दिए ।

कार्यक्रममा नगरप्रमुख हरिकुमार रानाले नगरपालिकाले नदीजन्य सामग्रीको ठेक्काको लागि नगरपालिकाले हालसम्म गरेको प्रयासका बारेमा प्रष्ट पारेका थिए ।

उनले नदीजन्य सामग्रीको ठेक्का नलाग्दा सबैभन्दा ठुलो आन्तरिक आम्दानीको स्रोतमा प्रभाव परेको समेत बताएका थिए ।

नगरपालिकाले समस्या समाधानका लागि नगरपालिकामा बृहत छलफल आयोजना गरेको हो ।

ठेक्का नलागेसँगै नगरपालिकाले यो बर्ष ४ करोड बढ्री आन्तरिक आम्दानी गुमाउने भएको छ ।