कोरोना विरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्यः मुख्यमन्त्री राई « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

कोरोना विरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्यः मुख्यमन्त्री राई


यलम्वर टाइम्स
२३ चैत्र २०७६, आईतवार ०७:१७

झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) विरुद्ध लडन पूर्ण तयारी गरेको बताएका छन् ।

शुक्रबारदेखि सञ्चालनमा आएको (कोभिड–१९) विशेष अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोना विरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको बताए ।

विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट प्रदेशबासीलाई बचाउँने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताए ।

प्रदेश सरकारल ेविज्ञ चिकित्सकहरुको टोली गठन गरेर विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक–फरक खालका स्वास्थ्य सुरक्षाका समाग्रीको र त्यसको आपूर्तीका लागि अध्ययन गरिरहेको बताए ।

यस्तै क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको उनले जानकारी दिए ।

उनले अहिलेसम्म प्रदेशमा कसैलाई यसको संक्रमण नदेखिए पनि प्रदेश नं. १ उच्च जोखिममा रहेको बताउँदै उनले यसबाट बच्न उच्च सावधानी र सर्तकता अपनाउन सबै नागरिकलाई अपिल गरेका छन् ।

प्रदेश सरकारले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोशी अस्पताल अन्र्तगत रहने कोरोना विशेष अस्पतालका रुपमा विकास गरेको छ ।

१० बेडको भेन्टीलेटर सहित ५० वेडको अस्पतालमा विरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोशी अस्पतालकी प्रमुखु डा संगिता मिश्रले बताइन् ।