बिरिङ्ग खोलाबाट साखुको गोलिया बरामत « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

बिरिङ्ग खोलाबाट साखुको गोलिया बरामत


यलम्वर टाइम्स
४ बैशाख २०७७, बिहीबार १०:०५

सिस्ने । अर्जुनधारा वडा नम्वर १ स्थित बिरिङ्ग नदीको किनारमा लुकाई छिपाई राखेको साखुको गोलिया सशस्त्र प्रहरी खुदुनाबारीको टोलीले बरामत गरेको छ ।

बुधवार राति ११ बजे सशस्त्र प्रहरी बल खुदुनाबारीका कमाण्डर किरण केसीको नेतृत्वमा खटिएको टोलीले खोलाको किनारमा लुकाई छिपाई राखेको अवस्थामा ७ थान (१५.५) क्यूवी काठ बरामत गरेको हो ।

बरामत काठ बिहीबार स्थानीय हचुमासा सामुदायिक वनलाई बुझाएका थिए । बरामत काठ रु. ४५ हजार मूल्य पर्ने उल्लेख छ ।