बजारलाई केही खुकुलो, लकडाउन कडा बनाउँदै लाने « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

बजारलाई केही खुकुलो, लकडाउन कडा बनाउँदै लाने


यलम्वर टाइम्स
१० बैशाख २०७७, बुधबार ०९:००

अर्जुनधारा । सोमबार नगरपालिकामा बसेको सर्वदलीय बैठकले लकडाउनलाई कडाईका साथ पालना गरेर लानुपर्ने निर्णय गरेको छ ।

प्रत्येक वडामा टोल समिति गठनसँगै राज्यले लागू गरेको लकडाउनलाई पालना गर्न टोल समितिको अहम् भूमिका हुनुपर्ने, बजारलाई केही खुकुलो बनाउनुपर्ने, निर्माणाधिन सार्वजनिक बाटोहरु बनाउन सहज गरिने जस्ता विषयमा छलफल भएको थियो ।

कोरोना संक्रमण अर्थात कोभिड-१९ ले सताई रहेकोबेला बाहिरबाट आएका मानिसको ख्याल गर्दै लागु पदार्थ दव्र्यसनीलाई सबै क्षेत्रबाट कडाईका साथ रोक्ने जस्ता निर्णय भएको एक सहभागीले यलम्बर टाईम्सलाई बताए ।

बैठकमा नेकपाका नारद दुस्खी, नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेकाका नगर सभापति हेमराज खरेल, जनमुक्तिका नगर अध्यक्ष दिलिप राई, राप्रपाका प्रतिनिधिलगायतको सहभागीता थियो ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा सम्पन्न प्रदेश सांसद बृख प्रधान लगायतको उपस्थिति रहेको थियो ।