सहाराको ‘एकको लागि एक’ अभियान अर्जुनधारा वडा नं. १० मा « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

सहाराको ‘एकको लागि एक’ अभियान अर्जुनधारा वडा नं. १० मा


यलम्वर टाइम्स
२० बैशाख २०७७, शनिबार १०:३५

कालिस्थान । कोरोना भाइरसको महामारीबाट बच्नका लागि नेपाल सरकारले गरेको लकडाउनमा कुनै पनि परिवार भोकै बस्न नपर्ने अवस्था सिर्जना गर्नका लागि ‘एकका लागि एक’ अभियान सहारा नेपालले सुरु गरेको छ ।

यसरी सञ्चालन गरेको अभियानले अर्जुनधारा–१० स्थित २५ परिवारलाई हसिलो मुहार सिर्जना गर्नका लागि अभियान सम्पन्न गरेको छ ।

वडा कार्यालयमा वडाध्यक्ष बलदेव गोम्देनलाई ‘एकका लागि एक’को प्याकेज हस्तान्तरण गर्दै शनिश्चरे शाखा प्रमुख लक्ष्मी रिजालले केन्द्रबाट जारी अभियान यहाँसम्म ल्याएको जानकारी गराए ।

सोही दिन नै हरेक क्षेत्रबाट पीडित बनेका २५ परिवारलाई उक्त राहत प्रदान गरिएको थियो । राहतमा २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल, हात धुने साबुन र नुहाउने साबुन रहेको छ ।

राहत प्रदान पश्चात वडाध्यक्ष गोम्देनले यस्तो असजिलो परिस्थितिमा वडा नं. १० मा आएर सेवाको भावना बढाइदिएको हुँदा सबैको मन, मनमा सहारा बस्न सकोस् भनी शुभकामना दिएका थिए ।

कार्यक्रममा फोनिज प्रदेश १ का इन्चार्ज दिपीन राई, नगर रप्रवक्ता शकुन्तला बराल, सदस्य भोलानाथ गौतम लगायतको उपस्थिति रहेको थियो ।

सहारा नेपालले ‘एकका लागि एक’ अभियान अन्तर्गत झापामा एक हजार जनालाई राहत दिने सोच राखे पनि सहयोगी मनको भावनाबाट झापामा २ हजार बढीलाई दिने लक्ष्य रहेको शनिश्चरे शाखाका प्रबन्धक लक्ष्मी रिजालले जानकारी दिए ।

उक्त अभियानमा नेपाल रेडक्रस झापा, जिल्ला सहकारी झापा, गैर सहकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता महासंघ, वीरता जेसीज, रोटेरी क्लब बिर्तामोड, राष्ट्रिय सहकारी बैक, सहारा नेपाल, लायन्स क्लब सुरुङ्गा, नेप्लीज टिन्स्, जेसीज पूर्व अध्यक्ष समाज झापा, लायन्स क्लब बिर्तामोड, बिर्तामोड उद्योग वाणिज्य संघ, मेची पेट्रोल डिलर एसोशिएसन र सहारा नेपाल बचत तथा सहकारी संस्था लगायत १५ संघसंस्था संलग्न छन् ।