संस्कृत शिक्षा हटाउ नत्र आन्दोलनः विद्यार्थी मोर्चा « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

संस्कृत शिक्षा हटाउ नत्र आन्दोलनः विद्यार्थी मोर्चा


यलम्वर टाइम्स
३० बैशाख २०७७, मंगलवार १२:५०

अर्जुनधारा । स्वतन्त्र विद्यार्थी मोर्चाले सरकारलाई प्रश्न गर्दै संस्कृत शिक्षा पाठ्यपुस्तकबाट हटाउन माग गरेको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदले २०७६ माघ २ गते बैठक बसी संस्कृत भाषालाई कक्षा कोठाको पाठ्यक्रममा राखिएको हुँदा त्यसलाई निरन्तर्ता दिइ अरु जातिको भाषा र शिक्षालाई पाखा लगाउने काम भए आन्दोलनमा जाने विज्ञप्तीमार्फत सचेत गराए ।

सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि कक्षा ८ सम्म आधारभूत तहमा संस्कृत शिक्षा समावेश गर्ने भएको छ ।

त्यसै विषयलाई लिएर मोर्चाले बदर गर्न माग गर्दै त्यसको सट्टा राई, लिम्बू, तामाङ्ग, मगर, गुरुङ्ग लगायत आदिवासी लगायत भाषाका ऐच्छिक विषयको पाठ्यक्रम राख्न अनुरोध गरे ।

मोर्चाले भनेको छ संस्कृत विश्व विश्वविद्यालयको सट्टा बहुभाषिक विश्वविद्यालय बनाउन संघीय सरकारसँग अनुरोध गरेको छ ।