अर्जुनधारा नगरपालिकाद्वारा गठित सबै समितिलाई बिमा « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

अर्जुनधारा नगरपालिकाद्वारा गठित सबै समितिलाई बिमा


यलम्वर टाइम्स
२२ जेष्ठ २०७७, बिहीबार ०६:३९

अर्जुनधारा । कोरानो भाइरस (कोभिड–१९) ले मुलुकलाई सताइरहेको बेला नगरलाई समृद्ध बनाउन अहोरात्र खटिरहने समितिका सदस्यहरुलाई नगरपालिकाले बिमा गरिदिने भएको छ ।

२० गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाका स्वास्थ्यकर्मी तथा कोभिड–१९ प्रकोप रोकथामका लागि प्रत्यक्ष रुपमा खटिएका अन्य कर्मचारीहरुका लागि रु एक लाख बराबरको कोरोना बिमा गरिने भएको छ ।

यसरी नै अन्य कर्मचारीहरुको समेत बिमाका लागि ५० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने, अर्जुनधारा नगरपालिकाका सबै जनप्रतिनिधिको मासिक सेवा सुविधाको रकम कट्टा गरि रु एक लाख बराबरको कोरोना बिमा गर्ने भएको छ ।

नगरपालिकाले सूचना तथा सञ्चार समिति, युवा समिति, भाषा, कला, साहित्य समितिमा रहेका राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधि, टोल सुरक्षा सहजीकरण समिति तथा टोल विकास समितिका पदाधिकारीहरुको बिमा गर्न जनही नगरपालिकाको तर्फबाट उपलब्ध गराउने निर्णय भएको बैठकमा सहभागि एक सदस्यले यलम्वर टाइम्सलाई जानकारी दिए ।