रुकुम पीडामा रहँदा जनमुक्ति पार्टी चुप लागेर बस्न सक्दैन « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

रुकुम पीडामा रहँदा जनमुक्ति पार्टी चुप लागेर बस्न सक्दैन


यलम्वर टाइम्स
२३ जेष्ठ २०७७, शुक्रबार ०३:३५

झापा । ११ दिनअघि रुकुमको चौरजहरीयामा भएको हत्याकाण्डको बिरोध गर्दै विहीबार पार्टी नजिक राष्ट्रिय दलित मुक्ति मोर्चाले रुपन्देहीमा बिरोध प्रदर्शन गरेका छन् ।

जातीय हत्या हिंसा र विभेदले मेची–महाकालीभित्रमै नेपाली नेपालीबीच पीडा दिईरहेको बेला लोकतन्त्रमा एक जातिको हैकमवाद सहन नसकिने सन्देश दिए ।

पार्टीले यस अघिनै विज्ञप्ति जारी गरी अमानवीय तरिकाबाट दलितमाथि गरेको हर्कत मानवबिरुद्ध भएको जनाउँदै सत्यतथ्य छानबिन गरि न्याय दिन आग्रह गरेको थियो ।

रुपन्देहीमा भएको बिरोध सभामा पार्टीका नेताहरुले एक जाति बिरुद्ध गरेको हिंसा अमानवीय भएको भन्दै दलित भनेर गरिने व्यवहार अन्त्य गर्न आग्रह गरे ।

सभामा पार्टीका नेताहरुले सरकार जातीय मुक्ति र छुवाछुत हटाउने विचार राष्ट्रिय जनमुक्ति पार्टीमा भएको समेत तर्क राखे । सभामा सयांैको सहभागी रहेको थियो ।