‘विश्वासीलो आधार बनेको अखबार हो’ « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

‘विश्वासीलो आधार बनेको अखबार हो’


यलम्वर टाइम्स
८ श्रावण २०७७, बिहीबार १२:२७

अर्जुनधारा । नेपाली कांग्रेस झापा सभापति उद्धव थापाले यलम्वर टाइम्स पाठक वर्गमा विश्वासीलो आधार बनिसकेको अखबार भएको बताएका छन् ।

अखबारको १३ औं वर्ष प्रवेशको अवसरमा शुभकामना दिँदै प्रजातन्त्र र लोकतन्त्रको बलियो आधारबाटै जनता सुसूचित हुने बताउँदै लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न सञ्चार गृहको ठूलो भूमिका हुने बताए ।

सभापति थापाले शुभकामनाकै क्रममा सत्य तथ्य समाचार सम्प्रेषणमा यलम्वर टाइम्सले अग्रणी भूमिका खेल्न सकोस् भन्ने कामना गरेका थिए ।

अर्जुनधारा नगरको पहिलो सञ्चार गृहको रुपमा स्थापित यलम्वर टाइम्स नगरको गहना भएको बताउँदै थापाले यस्तो महामारीका बाबजुद पनि पत्रिकाको निरन्तरता आफैमा चुनौति भएको हुँदा निरन्तरतामा सक्रिय अखबारका टिमलाई धन्यवाद दिन चाहन्छु ।

पत्रकारिता क्षेत्रमा लामो अनुभव र दक्षता हासिल गरेका यस पत्रिकाका सम्पादक, लोकतन्त्र स्थापनाका लागि गरेको योगदान कम छैन । हामीसँगै सेनाको बंकरमा बसेर स्वतन्त्रताको लागि कमल चलाउने दिपीन राईप्रति धन्यवाद दिँदै आउने समयमा पनि अझ उत्साहका साथ अखबार सञ्चालन होस् भनी कामना गर्दछु ।