नारीको सम्मान किरातमा जस्तै मुसलमानमा पनि छः हाजी डा. मोहम्मद « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

नारीको सम्मान किरातमा जस्तै मुसलमानमा पनि छः हाजी डा. मोहम्मद


यलम्वर टाइम्स
१८ मंसिर २०७८, शनिबार ०३:३१

अर्जुनधारा । नेपाल मुस्लिम परिषदका केन्द्रीय अध्यक्ष हाजी डा. मोहम्मद हसनले नारीको सम्मान किरात धर्ममा जस्तो मुस्लिम धर्ममा पनि रहेको बताएका छन् ।

किरात धर्म गुरु आत्मानन्द लिङ्देनको शुभ जन्मोत्सवमा शुभकामना दिन राजधानीबाट आएका हाजी डा. महोम्मदले जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ धर्ती उज्यालो भएर आउँने बताए ।

किरात धर्मको नीति र मानव एकताको सन्देश संसारकै उच्च सम्मान बोकेको बताउँदै गुरु आत्मानन्द लिङ्देनप्रति सम्मान रहेको बताए ।

हाजी डा. मोहम्मद राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष पनि हुन् । समानुपातिक प्रतिनिधित्वको आधार, धर्म निरपेक्ष र समताको सन्देश बोकेर हिंडेको हुँदा आफू जनमुक्ति पार्टीको सिपाही भएको पनि प्रतिक्रिया दिए ।

उनी अगाडि भन्छन्, ‘किरात भाषा, लिपी अन्तर्गत इलामको माङ्सेबुङमा पहिलो पटक सरकारी कामकाजी भाषा प्रयोग गर्न सफल भएकोमा त्यहाँका स्थानीय सरकार तथा पार्टीका कार्यकर्ताप्रति अभार प्रकट गर्दछु ।’

स्थायी घर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ निवासी हाजी डा. मोहम्मद मुस्लिम धर्म तथा भाषा साहित्यमा डब्बल एमए गरेका छन् ।

तपाईले जनमुक्ति पार्टी नै किन रोज्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘हरेक क्षेत्रमा समानुपातिक मुद्दा छ । त्यसैले एक दिन जनमुक्ति पार्टी शक्ति निर्माण गर्दै सत्तामा पुगे क्षेत्री–ब्राम्हण समुदायका लागि पनि उच्च स्थान रहने छ ।’

दलितको अवस्था बारे बोल्दै हाजी डा. मोहम्मदले पार्टीमा दलित बुद्धिजीविहरुको उपस्थिति छैठौं महाधिवेशनबाट थपिएको छ । त्यसरी नै मधेस र महिलाको पनि पार्टीमा उच्च स्थान रहेको सुनाए ।