एमसीसी पारित गरिए जनता गरिब, ठूला दल धनीः अध्यक्ष केपी पालुङ्वा « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

एमसीसी पारित गरिए जनता गरिब, ठूला दल धनीः अध्यक्ष केपी पालुङ्वा


यलम्वर टाइम्स
२८ माघ २०७८, शुक्रबार ०९:३२

दमक । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश १ ले स्थानीय निर्वाचनलाई लक्षित गर्दै भएको प्रदेश स्तरीय भेलामा पार्टी अध्यक्ष केपी पालुङ्वाले उपस्थित कार्यकर्ताहरु माझ सम्बोधन गर्दै गठबन्धन सरकारले एमसीसी पारित गरेर अगाडि बढे साना दल एक भएर बिद्रोह गर्ने बताएका छन् ।

झापाको दमकमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष पालुङ्वाले महंगीलाई प्रोत्साहित गर्दै जनता पिरोल्ने काममा सरकार लागेका कारण भरोसा गर्न नहुनेमा जोड दिए ।

उनले जस्तो सुकै अवस्थामा पनि जनमुक्ति पार्टी निर्वाचनबाट टाढा नहुने बताउँदै स्थानीय, प्रदेश र संघ सबैमा पार्टी सहभागी हुने बताए ।

बिगतकोभन्दा पार्टी अझ मजबुद भएको बताउँदै जनताको हितका लागि जातीय मुक्ति र समतामुलक राष्ट्र निर्माण कार्यमा पार्टीपछि नहट्ने बताए ।

उनले धर्मनिरपेक्ष, जनताले चाहेको पहिचान सहितको राज्य र राज्यको हरेक पालिकासम्म समानुपातिक प्रतिनिधित्व समाज निर्माणमा जुटेको हुँदा अबको राज्य संचालनमा जनमुक्तिको विचार लागु भए जनताले सन्तोषको सास फेर्ने बताए ।

अध्यक्ष पालुङ्वाले पुनः दोहोर्याउँदै भने, एमसीसी सम्झौता पारित गरेर जनता गरिब बनाउँदै राजनैतिक दल धनी बनाई जनतालाई रैति बनाउँने कार्यप्रति तमाम जनता जाग्नुपर्ने बताए ।

प्रदेश १ का अध्यक्ष पर्शुराम थापाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन धिमाल, महासचिव पदम जवेगु, उपाध्यक्ष प्रकाश ऐङ्देन,उपमहासचिव बिष्णु थाङ्देन, लगायतले भेलालाई सम्बोधन गरेको अर्जुनधारा पार्टी नगर अध्यक्ष राज खम्वुले यलम्वर टाईम्सलाई बताए ।