राष्ट्रिय महिला मोर्चा प्रदेश १ मा हेमकुमारी « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

राष्ट्रिय महिला मोर्चा प्रदेश १ मा हेमकुमारी


यलम्वर टाइम्स
१ फाल्गुन २०७८, आईतवार ०९:१९

अर्जुनधारा । राष्ट्रिय महिला मोर्चा प्रदेश नं. १ किरात लिम्बूवान–खम्बूवानको लागि हेमकुमारी साउदेन अध्यक्ष पदमा चुनिएकी छिन् ।

जुझारु तथा प्रष्ट वक्ता हेमकुमारी यसअघि पार्टीको क्रियाशिल सदस्य भएर सांगठनिक काम गर्दै आएकी थिइन् ।

झापाको अर्जुनधारामा आयोजित राष्ट्रिय महिला मोर्चाको ऐतिहासिक प्रदेश महाधिवेशनबाट हेमकुमारीलाई अध्यक्षमा सर्वसम्मत गरिएको मोर्चाकी केन्द्रीय उपाध्यक्ष तिलरुपा सवेनहाङले बताइन् ।

शनिबार आदिवासी भवनमा आयोजित कार्यक्रममा उपाध्यक्षमा पुष्पा लिङ्देन, सचिव निर्मला एक्तेन, संगठन सचिव बिमला चेम्जोङ, उपसचिव चित्रमाया लिम्बू, कोषाध्यक्षमा निला लिम्बू रहेका छन् ।

यसरी नै सदस्यहरुमा विरुषा फागो, संगीता लिम्बू र सावित्रा लिम्बू चयन गएका छन् । बाँकी सदस्यहरु संगठन विस्तार गर्दै मनोनित गरिने समेत बताए ।

कार्यक्रममा प्रमुख अतिथि मोर्चाकी केन्द्रीय उपाध्यक्ष तीलरुपाले ५० प्रतिशत महिला हकअधिकार सुरक्षाका लागि जनमुक्तिले उठाएको आवाज अवश्य पूरा गर्न उत्पीडित महिला मुक्ति योद्धाहरु लाग्नुपर्नेमा जोड दिइन् ।

जनसंख्यामा महिला बढी देखाउने अवसरमा ३३ प्रतिशत भनेर १० प्रतिशतलाई मात्र स्थान दिने ठूला दल विरुद्ध जनमुक्ति आएको बताइन् ।

कार्यक्रममा सचिव रीना मगरले अबको महिला मुक्तिको बाटो महिला मोर्चा भएको बताउँदै नयाँ समितिलाई बधाई दिएकी थिइन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश येङदेन, केन्द्रीय सदस्य मैना बराइली, महिला नेतृ मीना पन्धाक, ताप्लेजुङ जिल्ला अध्यक्ष इन्द्र थलङ, प्रदेश अध्यक्ष पर्शुराम मगर, सचिव कृष्णकुमार थेवे, आरती तेयुङ, विद्यार्थी मोर्चा ताप्लेजुङका अध्यक्ष डम्बरसिंह राई, अर्जुनधारा नगर अध्यक्ष राज खम्बू लगायतले मन्तव्य राखेका थिए ।