आउँदो चुनावमा पार्टीको चुनाव चिन्ह प्राप्त नभए आन्दोलन « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

आउँदो चुनावमा पार्टीको चुनाव चिन्ह प्राप्त नभए आन्दोलन


यलम्वर टाइम्स
४ फाल्गुन २०७८, बुधबार १०:१६

काठमाण्डौ । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले काठमाण्डौमा सम्पन्न संघीय परिषदको बैठकलाई सम्बोधन गर्दै यदी आउँदो चुनावमा पार्टीको चुनाव चिन्ह प्राप्त नभए आन्दोलनमा जाने बताएका छन् ।

ठूला ६ दल बाहेक १७ दललाई चुनाव चिन्ह नदिने भन्ने निर्वाचन आयोगको भनाईलाई मध्यनजर गर्दै पार्टी अध्यक्ष पालुङ्वाले आन्दोलन या अदालत यी दुई कुरालाई रोज्नुपर्ने बताएका छन् ।

पार्टीको सक्रियता बढिरहेको बेला साना दलहरुलाई पाखा लगाउने काम ठूलादलहरुबाट भएको हुँदा त्यसको घोर विरोध गर्नुपर्ने बताएका छन् ।

पार्टी अध्यक्ष पालुङ्वाले भने संघीय परिषदको बैठकले चुनावको रणनीति तयार पार्दै आफ्नो क्षेत्रलाई कसरी क्याप्चर गर्न सकिने भन्ने विषयमा सबै लाग्नुपर्नेमा जोड दिए ।

संघीय परिषद बैठक फाल्गुन ४ र ५ गते काठमाण्डौमा भइरहेको छ । पालुङवाले भने, राष्ट्रिय राजनीतिलाई राष्ट्रिय जनमुक्ति पार्टीले नियालिरहेको हुँदा पार्टीले उठाएको १३ प्रान्त अन्तिम लक्ष्य भएको बताउँदै त्यसतर्फ सबै लाग्नुपर्ने बताए ।

संघीय परिषदको बैठकमा कार्यकारी अध्यक्ष केशव सूर्यवंशी, महिला विभाग प्रमुख कमला थापा, हिमाली नेता प्रकाश येङदेन लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा संघीय परिषदका ७० बढी सदस्यहरुको उपस्थिति रहेको महासचिव पदम जवेगुले जानकारी दिए ।

बैठकमा संघीय परिषदका सदस्य गोकर्ण राई, धनी आले, विरेन्द्र पालुङ्वा लगायतले बैठकमा उठेका विषयमा आ–आफ्नो विचार राखेका थिए ।

एमसीसीलाई खारेज गरेर जानुपर्ने, एमसीसीको विषयमा अदालतमा मुद्दा हालेर जानुपर्ने जस्ता मागहरु संघीय परिषदले उठाएको छ ।