निर्वाचनको तयारीमा जुटौंः अध्यक्ष पालुङ्वा « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

निर्वाचनको तयारीमा जुटौंः अध्यक्ष पालुङ्वा


यलम्वर टाइम्स
२७ फाल्गुन २०७८, शुक्रबार १५:३८

बिर्तामोड । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले निर्वाचनमा जुट्न आग्रह गरेका छन् ।

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेलामा पूर्वका पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष पालुङ्वाले चुनावमा परिणाममुखी मत ल्याउन नसके धिकार्ने बताए ।

उनले अगाडि भने, ‘पार्टीलाई गति दिन हामीले कार्य विभाजन गरेका छौं ।’ पार्टीको गतिविधिलाई सक्रिय बनाउन नारायणी पश्चिम कार्यकारी अध्यक्ष केशव सूर्यवंशी र पूर्वमा आफूले जिम्मा लिएको बताउँदै पूर्वका आम नेता, कार्यकर्ता क्रियाशिल हुन आग्रह गरे ।

अध्यक्ष पालुङ्वाले नेपालका आदिवासी, जनजाति, मधेसी, अल्पसंख्यक जातिहरु राष्ट्रिय जनमुक्ति पार्टीको विश्वास र भरोसामा बसेको बताउँदै परिणाममुखी मत ल्याउन जरुरी रहेको बताए ।

उनले सत्ताधारी ठूला दलले एमसीसी जस्तो राष्ट्रघाती परियोजनालाई पास गरेको हुँदा जनतालाई पूर्ण रुपमा जानकारी गराउँदै जाने बताए ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मोहन धिमाल, उपाध्यक्ष प्रकाश येङ्देन, महासचिव पदम जवेगु, उपमहासचिव विष्णु थाम्देन, सचिव गजेन्द्र आङबुहाङ, मीना पन्धाक, तिलरुपा लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

पार्टी प्रदेश नं. १ का अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको कार्यक्रममा सचिव कृष्णकुमार थेवेले प्रदेश समितिको गतिविधि पेश गरेका थिए ।