क्षेत्र नं. ३ मा दुई हस्तिसँग जनमुक्तिका गजेन्द्र भिड्दै « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

क्षेत्र नं. ३ मा दुई हस्तिसँग जनमुक्तिका गजेन्द्र भिड्दै


यलम्वर टाइम्स
२५ आश्विन २०७९, मंगलवार ०५:०१

भद्रपुर । सत्ता सञ्चालनमा ठूला दलका अविश्वासिलो चरित्रकै कारण यो पटक क्षेत्र नं. ३ मा दुई हस्तिसँग जनमुक्ति पार्टीका सचिव गजेन्द्र आङ्बोहाङ प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेद्वारी दिएका छन् ।

लोकतन्त्र स्थापनापछि क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङ्देनले विजय प्राप्त गरेका थिए ।

दुवै हस्तिको उम्मेद्वारी बीच गजेन्द्र आङ्बोहाङले उम्मेद्वारी दिँदै भ्रष्टाचाररहित र संस्थागत लोकतान्त्रिक गणतन्त्रसहितको पूर्ण प्रत्याभूति निर्माणका लागि जनतामाझ आएको बताएका छन् ।

आङ्बोहाङले एकात्मक सत्ता सञ्चालकवादका रुपमा सिटौला र लिङ्देन चरितार्थ भएको आरोप लगाउँदै बहुसंख्यक आदिवासी जनजाति, दलित, अल्पसंख्यक र महिलाहरु बसोबास भएको क्षेत्र हुनाले उहाँहरुको प्रतिनिधित्व गर्दै आफूले उम्मेद्वारी दिएको बताए ।

उनीसँगै प्रदेश सदस्यका लागि क्षेत्र नं. ३ ‘ख’ का लागि पार्टीका प्रदेश उपाध्यक्ष सेकेन्द्र राजवंशीले उम्मेद्वारी दिएका छन् ।

राजवंशीले कोचका नाममा ठूला दलका नश्लीयत नेताहरुबाट तमाम् कोचबासीलाई अपहेलना गरेको भन्दै आफ्ना्े उम्मेद्वारी पहिलो पटक दिएको बताए ।