क्षेत्र नं. २ मा विकास र भावना बुझ्ने उम्मेद्वार ल्याएका छौंः सभापति थापा « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

क्षेत्र नं. २ मा विकास र भावना बुझ्ने उम्मेद्वार ल्याएका छौंः सभापति थापा


यलम्वर टाइम्स
३१ आश्विन २०७९, सोमबार ०७:३७

अर्जुनधारा । नेपाली कांग्रेसका प्रदेश १ का सभापति उद्धव थापाले झापा क्षेत्र नं. २ को लागि विकास र जनभावना बुझ्ने उम्मेद्वार लिएर आएको बताएका छन् ।

चुनाव प्रचार अभियान अन्तर्गत सोमबार अर्जुनधाराको सिस्नेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. २ को जनताको मर्म र गर्नुपर्ने विकास गठबन्धनका उम्मेद्वार हरिकुमार रानाले बुझेको हुँदा यस क्षेत्रको समग्र विकासका लागि हरिकुमार रानालाई सहयोग गर्नुपर्ने बताए ।

मुलुकमा समग्र नेपालीहरुको विकास र उन्नतिका लागि लोकतन्त्रलाई स्थायीत्व र संविधानलाई पूर्णताबाट नै जनताको विकास हुने हो त्यसैले लोकतन्त्रको रक्षाको लागि लोकतान्त्रिक बाम एकता आवश्यक भएको हुँदा रानालाई उभ्याइएको हो ।

सभापति थापाले व्यांग्यात्मक शैलीमा एमालेलाई संकेत गर्दै भने, ‘पटक–पटक विजय हाँसिल गरेपछि क्षेत्र नं. २ का जनताले के पाए ?’

कार्यक्रममा बोल्दै उनले अब हामी त्यसो हुन दिँदैनौं स्थानीय क्षेत्रलाई पहिचान गरेका, दुःख–सुख जनताको घरदैलो बसेर काम गरेका, पटक–पटक जनप्रतिनिधि हुँदै जनताको विश्वास लिएका जस्ता व्यक्ति प्रतिनिधि सभामा पुर्याउँदा समग्र २ नं. क्षेत्रबासीकै जीत हुने हुँदा हरिकुमार राना एकमात्र बलियो पात्र भएको गठबन्धनको ठहर छ ।

चुनावी सभामा प्रतिनिधि सभाका उम्मेद्वार हरिकुमार राना, क्षेत्र नं. २ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेद्वार खगेन्द्र मैनाली, नेपाली कांग्रेसका नेता सुधिर शिवाकोटी, माननीय सरीता प्रसाईं, पम्फा विश्वकर्मा, नेकपा माओवादी केन्द्रका सल्लाहकार मनकुमार तामाङ लगायतको आतिथ्य रहेको थियो ।