चुलाचुलीमा जनमुक्तिको भेला « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

चुलाचुलीमा जनमुक्तिको भेला


यलम्वर टाइम्स
३१ आश्विन २०७९, सोमबार ०८:३९

चुलाचुली । राष्ट्रिय जनमुक्ति पार्टीले चुलाचुलीमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

चुलाचुली २ अन्तर्गत मोरोङ्गे झोडा बस्तीमा सोमबार भएको भेलाले निर्वाचन परिचालन समिति निर्माण गरेको हो ।

इलाम क्षेत्र नं. २ अन्तर्गत पर्ने चुलाचुलीमा पार्टीका केन्द्रीय सदस्य तथा महिला नेतृ मीना पन्धाक, प्रदेश सभाका उम्मेद्वार पवित्रा लिम्बू तुम्बाहाम्फे, झापा जिल्ला पार्टी सचिव पदम लिम्बू, अर्जुनधारा नगर अध्यक्ष राज खालिङ राई आदिले चुनावी सभालाई सम्बोधन गरेका थिए ।

स्वतःस्फूर्त भेला भएका सभामा जिल्ला सचिव पदम लिम्बूले अरुलाई विश्वास गर्दागर्दै आफ्नो हक अधिकार नै संकटमा पुगेको हुँदा अब पहिचानको पहिलो मुद्दा उठाउने दल घर चिन्ह लिएर आएको बताए ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष धनराज सम्बाहाम्फेले जनमुक्तिको विचार नै ठूला दलका लागि बहसको विषय भएको हुँदा हामी बहस नै नगरि जातीय मुक्तिको आन्दोलनमा होमिएका छौं, त्यसैले पहिचान, धर्म निरपेक्ष, स्वाधिनता र हरेक क्षेत्रमा समानुपातिक सहभागिताका लागि घर चिन्हलाई मतदान गर्नुपर्ने तर्क राखे ।

सुकबहादुर काम्बाङको संयोजकत्वमा भएको कार्यक्रममा झापा क्षेत्र नं. ५ का प्रदेश सभाका उम्मेद्वार उदयप्रकाश राई, चन्द्रबहादुर थापा, दिनेश श्रेष्ठ, राजी राई, सन्मान मावो, जगतबहादुर देवान, गौरीप्रसाद श्रेष्ठ, भावनीप्रसाद फियाक, संगीता राई, आशा लिम्बू, उमा श्रेष्ठ, शान्ता भुजेल लगायतको आतिथ्य रहेको थियो ।

चेतना खत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुबास माङ्लाख लिम्बूले गरेको प्रचार समिति झापाका सहसंयोजक राज खम्बूले जानकारी दिए ।

भेलाले चुनाव प्रचार समिति पनि निर्माण गरेको छ ।