आदिवासी जनजाति महासंघप्रति उम्मेद्वार लिङ्देन दुःखी « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

आदिवासी जनजाति महासंघप्रति उम्मेद्वार लिङ्देन दुःखी


यलम्वर टाइम्स
२८ कार्तिक २०७९, सोमबार ०९:३९

भद्रपुर । राप्रपाका अध्यक्ष तथा झापा क्षेत्र नं. ३ का प्रत्यासी उम्मेद्वार राजेन्द्रकुमार लिङ्देनले आदिवासी जनजाति महासंघले गरेको कार्यप्रति दुःखी भएको बताएका छन् ।

भद्रपुरमा आयोजित एक पत्रकार सम्मेलनमा उम्मेद्वार लिङ्देनले आफूमाथि अनर्गल शब्द राख्दै डराएको भनी निम्तै नदिइ गरिएको दुव्र्यवहारप्रति देख व्यक्त समेत गरे ।

आदिवासी जनजाति महासंघ झापाले पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेद्वारहरुले आदिवासीलाई हेर्ने दृष्टिकोण र विजयी भएर गएपछि गरिने व्यवहारका विषयमा अन्तरक्रिया गरेको थियो ।

क्षेत्र नं. ३ मा आयोजित अन्तरक्रियामा आफूलाई खबर नै नगरि आफू विरुद्ध उपस्थित जनसमुदायमा छरिएको भ्रम निराधार भएको बताए ।

आदिवासी जनजातिहरुलाई सदैव सम्मान र सद्भाव आफ्नो पार्टी र आफूले गरिने प्रतिवद्धता रहँदारहँदै पनि कपोकल्पित भ्रम छरेर आदिवासी जनजाति महासंघ झापाले गरेको दुव्र्यवहारले आफूलाई दुखि बनाएको दोहोर्याए ।

उनले पत्रकारमाझ नेपालमा सबैको पहिचानको सम्मान हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै आफू आरक्षणको विरोधी नभएको बताए ।

आरक्षण अन्य निमुखा जातिलाई पनि दिनुपर्छ र म आदिवासी जनजातिको हकहित मात्र होइन उनको उन्नति र प्रगति हुनुपर्छ भन्ने मान्छु हुँ । म जुनसुकै मञ्चमा पनि यही शब्द राख्न तयार छु । जो सुकैसँग पनि छलफल र बहस गर्न तयार छु, भने अगाडि भने ।

उनले पत्रकारहरुसँग बोल्दै जात र धर्मको नाममा कसैले विवाद सिर्जना गर्छ भने त्यो भन्दा ठूलो देशद्रोह नभएको बताए ।

‘निर्वाचन जस्तो संवेदनशील अवस्थामा जातको आधारमा, धर्मको आधारमा राजनीति गर्ने, घृणा पैदा गर्ने र दुष्प्रचार गर्ने कामको म निन्दा गर्छु’ अध्यक्ष लिङ्देनले भने ‘कतिपय जातीय संस्थाहरुले राम्रै काम गरेका छन् । तर, कतिपयले जनजातिका नाममा भेला गर्ने अनि एक छाक र एक ट्वाकमा बेच्ने काम भइरहेको छ । त्यसप्रति सचेत रहन म आदिवासी समुदायलाई अनुरोध गर्न चाहन्छु ।’