प्रदेश सभापति थापा मुख्यमन्त्रीका प्रमुख दाबेदार « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

प्रदेश सभापति थापा मुख्यमन्त्रीका प्रमुख दाबेदार


यलम्वर टाइम्स
१६ मंसिर २०७९, शुक्रबार ०९:१२

अर्जुनधारा । समानुपातिकको बन्द सूचिको खस आर्यबाट पहिलो नाम परेका नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापा प्रदेश नं. १ को सांसद हुने निश्चित छ ।

प्रदेश सभामा समानुपातिक तर्फ ३७ जना निर्वाचित हुने छन् । प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले १२ सिट पाउने भएको आयोगले जनाएको छ । प्राप्त जानकारी अनुसार २ पुरुष १० महिला मध्ये ६ जना आदिवासी, ३ जना खसआर्य, एक दलित, एक मधेसी र एक थारु हुनुपर्नेछ ।

प्रदेश १ बाट पुरुषमा उद्धव थापाको नाम आएपछि गठबन्धन सक्रिय हुँदै गएमा मुख्यमन्त्रीको प्रमुख दाबेदारमा थापा रहने निश्चित देखिन्छ । नेपाली कांगेसभित्र त्याग र निष्ठावान राजनीतिक गर्दै आएका थापा २ पटक प्रतिनिधिसभा सदस्यमा चुनाव लडिसकेका नेता हुन् ।

उनी थोरै मतले पराजय भए पनि राजनीतिमा निरास नरहने थापा निरन्तर पार्टी संगठनमा सक्रिय छन् । झापा अर्जुनधारा–७ स्थायी बसोबास भएका थापा शाही शासनकालमा जनताको मुक्ति र स्वतन्त्रताको लागि जनआन्दोलनमा सक्रिय थए ।

स्वतन्त्रताको आवाज बुलन्द गर्दा उनलाई तत्कालिन राजाका शाही सेनाले बंकरमा राखेर यातना दिएका थिए । बंकरबाट बाहिर निस्किएपछि पनि बिचलित नभइ परिवर्तनको आन्दोलनमा होमिरहे । ०६२÷०६३ को जनआन्दोलनमा उनी नेपाली कांग्रेसको सभापति भइ परिवर्तनको मोर्चामा सक्रिय थिए ।

थापा विकास प्रेमी नेताको रुपमा परिचित छन् । उनकै अगुवाइमा झापा क्षेत्र नं. २ अन्तर्गतका धेरै स्थानमा पक्की पुल र कालोपत्रे बाटोहरु पनि बनेका छन् । ०६२÷०६३ को जनआन्दोलनअघि प्रतिनिधि बिहीन समयमा पनि जिल्ला समन्वय समितिमा रही जनताका विकासे काममा अहोरात्र खटिएका थिए ।

अर्जुनधारा गाउँ विकासबाट पार्टीको वडा सभापति हुँदै क्षेत्र जिल्लामा लामो समय काम गरिसकेका थापा हाल प्रदेश नं. १ का पार्टी सभापति भएर काम गर्दै आएका छन् । पार्टीभित्र बलियो पकड रहेका थापा मुख्यमन्त्रीको दाबेदारको रुपमा आफू रहेको स्वीकारेका छन् ।