प्रदेश १: कांग्रेसमा थापा बने संसदीय दलको नेता « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

प्रदेश १: कांग्रेसमा थापा बने संसदीय दलको नेता


यलम्वर टाइम्स
१६ पुष २०७९, शनिबार ०५:१७

बिराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेतामा सिटौला प्यानलका उद्धब थापा निर्वाचित भएका छन् ।

शुक्रबार भएको संसदीय दलको मतदानमा १८ मत प्राप्त गर्दै संसदीय दलको नेता चुनिएका हुन् । उनी नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति समेत हुन् ।

थापाको कार्यकालमा प्रदेश नं. १ भरी २९ जना संसद जित्न सफल भएका छन् । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको प्रदेश–१ मा बर्चश्व कायम रहेको देखिन्छ भने झिनो मतले पराजय भएका उम्मेद्वारहरु पनि सिटौला पक्षका थिए ।

संसदीय दलका उम्मेद्वारमा केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक उमेशजंग रायमाझीले बताए । सदन ५ वर्ष चलिरहे ढिलोचाँडो थापा मुख्यमन्त्रीका बलियो पात्रमा उभिएका छन् ।

कांग्रेससँभ गएको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग मिल्दै प्रधानमन्त्री बनेपछि प्रदेश नं. १ मा तत्काल थापा मुख्यमन्त्री बन्न असहज भए पनि आउने दिनमा दाबेदार पक्का भएको पार्टी सुत्रले जनाएको छ ।