पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने


यलम्वर टाइम्स
१८ पुष २०७९, सोमबार ०८:५८

काठमाडौं । नेकपा एमाले, रास्वपा, राप्रपा लगायत केही दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । 

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम उनले विश्वासको मत लिने भएका हुन् ।

संघीय संसद सचिवालयका महासचिवलाई सोमबार पत्र पठाउँदै प्रचण्डले पुस २६ गतेको संसद बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन पुस २५ गतेका लागि आह्वान गरेकी छिन् । 

उनले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।