महिला नेतृ मीनालाई सहयोग गर्न आग्रह « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

महिला नेतृ मीनालाई सहयोग गर्न आग्रह


यलम्वर टाइम्स
१६ मंसिर २०८०, शनिबार ०२:१४

खुदुनाबारी । राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिले महिला नेतृ तथा पार्टीका केन्द्रीय सदस्य मीना सुब्बा पन्धाकलाई सहयोग गर्न आग्रह गरेको छ ।

लामो समयदेखि क्यान्सरसँगै मिर्गौला रोगबाट थलिएर उपचार गर्दै आएकी सुब्बालाई उपचारमा आर्थिक समस्या परेको हुँदा सहयोग गर्न आग्रह गरिएको हो ।

पार्टी अध्यक्ष राज खम्बूका अनुसार मीना सुब्बा बीएण्डसी अस्पतालमा उपचार गर्दै छिन् । उनको उपचारमा सहयोग गर्नका लागि उनका भदैनी सूर्यमाला पन्धाकको एनआईसी एसीया बैंकको बिर्तामोड शाखामा रहेको खाता नं. ०९५७०३१६४०९५२४०१ मा सहयोग गर्न देशी, विदेशी शुभचिन्तकहरुमा आग्रह गरेका छन् ।

स्वाधिनताको लडाईमा सधैव अग्र स्थानमा रहने मीना उमेरले ६० नजिक पुगेकी छिन् । पार्टीको महिला विभागमात्र होइन, उच्च ओहदामा रहेर संघीय राज्य, धर्मनिरपेक्ष र समानुपातिक प्रतिनिधित्वको वकालत गर्दै हिंडेको हुँदा त्यस्ता महिला नेतृलाई सहयोग गर्न आवश्यक छ, पार्टीका एक सदस्य भिमकुमारी राई सुब्बाले प्रतिक्रिया दिइन् ।