अर्जुनधारा वडा नं. १ बाट शनिश्चरे क्याम्पसलाई एक लाख अनुदान « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अर्जुनधारा वडा नं. १ बाट शनिश्चरे क्याम्पसलाई एक लाख अनुदान


यलम्वर टाइम्स
११ पुष २०८०, बुधबार ०८:५१

अर्जुनधारा । शनिश्चरे बहुमुखी क्याम्पसलाई पुस्तक खरीदका लागि अर्जुनधारा वडा नं. १ ले एक लाख रुपैयाँ दिने भएको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा सहज बनाउनका लागि उक्त रकम दिने भनी वडा कार्यालयले पत्र पठाएको छ ।

‘शनिश्चरे बहुमुखी क्याम्पसमा अर्जुनधारा वडा नं. १ का अधिकांश विद्यार्थीहरु अध्ययनरत छन्’ वडाध्यक्ष उपेन्द्र बस्नेतले भने, ‘उनीहरुको पठनपाठनमा सहज होस् भनेर एक लाख रुपैयाँ दिने घोषणा गरेका हौं ।’

यसैबीच क्याम्पस प्रमुख मोहन ओलीले वडाले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नगरको एकमात्र बहुमुखी क्याम्पस भएको बताउँदै अन्य वडाहरुले पनि सहयोग गर्न आग्रह गरे ।

हेमराज खरेलको अध्यक्षतामा बसेको बैठकले क्याम्पस सञ्चालनार्थका लागि स्रोत पहिचान गर्दै प्राध्यापकको सेवा सुविधा र विद्यार्थीको उज्वल भविष्यको लागि अगाडि बढ्ने बताएका छन् ।

बैठकले व्यवस्थित लाइब्रेरी, सवारी साधन, क्याम्पस सञ्चालनका लागि प्राध्यापक तथा विद्यार्थीहरुसँग छलफल गरिने समेत क्याम्पस प्रमुख मोहन ओलीले बताए ।