प्यागोडा शैलीकै बन्यो दुर्गा शक्तिपीठ « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

प्यागोडा शैलीकै बन्यो दुर्गा शक्तिपीठ


यलम्वर टाइम्स
११ बैशाख २०७४, सोमबार १२:४९

Temple (1) अर्जुनधारा / उपत्यका बाहिर मन्दिरै मन्दिर भएको नगरपालिका कुन हो ? भनेर प्रश्न तेर्साए भने अर्जुनधारा नगरपालिका हो भन्दा फरक पर्दैन । किनभने यस नगरपालिकामा सानाठूला गरी तीन दर्जनभन्दा बढी मठमन्दिरहरु सजिएका छन् ।

त्यसभित्र अर्जुनधारा जलेश्वरधाम त पूर्वको पशुपतिनाथ नै भनेर कहलिन पुग्यो । पछिल्लो पटक शनिश्चरे बजारको नजिक प्यागोडा शैलीको दुर्गा भवानी शक्तिपीठ (कात्यायनी) बन्दा झन् त्यसले अर्जुनधारा नगरपालिकालाई मन्दिरै मन्दिरको नगरपालिकाको परिचय दिन थप उर्जा दिन मिलेको छ ।

यस नगरपालिकामा मिश्रित जातजाति बसेतापनि धर्म, संस्कृतिमा भने आ–आफ्नै तरिकाबाट मान्ने गरेको पाउँछौं । अर्जुनधारा ज
लेश्वरधाममा सालमा ३ पटक धार्मिक जमघट हुने गरेको छ भने बन्दै गरेको दुर्गा पीठमा पनि २ पटक धार्मिक गतिविधि हुने गरेको छ । किराँत धर्म मान्नेहरुको पनि सालबारी स्थित आ–आफ्नै मन्दिर सज्जिएका छन् भने क्रिश्चियनहरुको चर्च पनि छ ।

प्यागोडा शैलीमा बन्दै गरेको दुर्गा मन्दिर १९५६ सालमा स्थापना भएतापनि १९८० मा दुर्गाको शक्तिपीठ निर्माण गरिएको थियो । त्यसबेला स्व. रामलखन गुप्ता, स्व. रघुबीर बुढाथोकी, स्व. सुविदार विष्णुप्रसाद मिश्र, स्व. दलकृष्ण श्रेष्ठ, स्व. धनप्रसाद ढकाल, स्व. चन्द्रप्रसाद ढकाल, स्व. जीवनमल, स्व. राधाकृष्ण सोमानी, स्व. सन्तलाल गट्टानी, स्व. हरिविलास वन, स्व. विष्णुभक्त ढकाल लगायतले मन्दिर निर्माण गरेका थिए ।

उक्त शक्तिपीठ जीर्ण बन्दै जाँदा यस क्षेत्रका धार्मिक अगुवा, सामाजिक व्यक्तित्वहरु बीच मिली कमलप्रसाद प्रधानको अध्यक्षतामा प्यागोडा शैलीको मन्दिर निर्माण गर्न एक वर्ष अघि सुरु भएपछि हाल मन्दिरले पूर्णता पाएको अध्यक्ष प्रधानले जानकारी दिए । मन्दिर कलात्मक मात्र छैन, फराकिलो र यज्ञ मण्डपसहितको बन्दै गरेको छ । मन्दिरलाई स्वदेश तथा विदेशका दाताहरुले भरपुर सहयोग गरेका छन् ।

०७२ सालको राम नवमीबाट सुरु गरिएको उक्त मन्दिर निर्माणका लागि ६२ लाख ६८ हजार ९ सय ३८ रुपैयाँ सहयोग प्राप्त भएको र हाल ५६ लाख ४ हजार ९ सय ६४ रुपैयाँ खर्च भएको अध्यक्ष प्रधानले जानकारी दिए । शक्तिपीठका लागि दातामहानुभावहरुबाट आर्थिक जुटिरहेकै छ, मन्दिरसँगै यज्ञ भवन र कम्पाउण्ड वाल निर्माण हुँदैगरेको पनि जानकारी दिए ।durga mandir

मन्दिरलाई अझ शोभयमान बनाउन गणेश प्रसाईको अगुवाईमा प्यागोडा शैलीकै प्रवेश द्वार निर्माण भई रहेको, बलबहादुर श्रेष्ठबाट यज्ञ मण्डप र बिमलादेवी सोमानीबाट मन्दिरलाई सौन्दर्यता प्रदान गर्नका लागि थप सहयोग प्राप्त भएको सचिव कृष्ण पौडेलले जानकारी दिए ।

सचिव पौडेल मन्दिरेको बाहिरका काम गर्छन भने अध्यक्ष प्रधान बिहानदेखि बेलुका ढुक्कै मन्दिरभित्र खटिरहेका हुन्छन् ।