प्रथम रिक्सा चालक फूलमायाको हातबाट बन्दि सहायता गृहकी राना सम्मानित « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

प्रथम रिक्सा चालक फूलमायाको हातबाट बन्दि सहायता गृहकी राना सम्मानित


यलम्वर टाइम्स
२९ फाल्गुन २०७४, मंगलवार ११:३३

अर्जुनधारा । सदा असाहय, हिम्मत बोकेकी महिला भनेर सम्मानित हुँदै आएकी प्रथम रिक्सा चालक फूलमाया धिमाल मंगलबार एक कार्यक्रम माझ प्रमुख अतिथि भएर बन्दि सहायत नेपालकी प्रमुख इन्दिरा रानालाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष छाएको बताएकी छिन् ।

अर्जुनधारा नगरपालिकाले आफ्नै प्राङ्गणमा १०८ औं नारी दिवस मनाउँदै फूलमायाले रानालाई सम्मानपत्र प्रदान गरेका थिए भने नगरपालिकाका उपप्रमुख कमला खतिवडा आचार्यले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

सम्मानपछाडि फूलमायाले भनिन् –‘आज अर्जुनधारा नगरले नारी दिवस मनाउँदै मलाई प्रमुख अतिथि बनाई सम्मान गरेकोमा नगरपालिकालाई धन्यावाद दिन्छु । यो जुनिमा कहिल्यै पनि प्रमुख अतिथि हुन्छु भनेर सोचेको थिइन् आज भएँ ।’

यता सम्मानपछि समाजसेवी बन्दि सहायत नेपालकी प्रमुख रानाले भनिन् –‘मानिस आफैमा असफल हुने होइन, चल्न नजाँन्दा असफल हुने हो । काम गर्दै जाऔं सफलताका ढोकाहरु खुल्दै जानेछन् ।’ उनले अगाडि भनिन् बलत्कारी घटना दिनेलाई कारवाही त हुन्छ तर त्यस्तो घटना नदोहोर्याउन र सचेत गराउन युवा वर्गलाई शिक्षित वर्गले समाजमा सकारात्मक भूमिका खेल्नुपर्ने बताइन् ।

कैलालीको घोडाघोडी घटना आफैमा अमानविय त छ त्यस्तो घटना अब कतै कुनै क्षेत्रमा नदोहोरियोस् भन्दै २८ गते विमान दुर्घनामा परी मृत्युवरण गरेका कुशल नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरियो ।

सोही दिन ९० पार गरेका चन्द्रमाया मिश्र, नैनकला श्रेष्ठ, हरिमाया चापागाईं, शुकमाया लिम्बू, नारायणी सेढाई, पवित्रा भट्टराई, कलावती गौतम, पम्पादेवी कार्की, कृष्णमाया पनेरु र पद्मादेवी ओलीलाई वृद्ध सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा महिला नेतृ सरस्वती सिटौला गोलेले नगरपालिकाले महिलाको स्तर उन्नतिसँगै आर्थिक र भौतिक सुरक्षा सम्बन्धि नीति ल्याएर नमूना नगर बनाउन आग्रह गरेकी थिइन् । सिटौलाले समृद्ध नगर बनाउन महिला ठूलो हात हुने भएको हुँदा महिला सशक्तिकरणमा कञ्जुस्याँई गर्नु नहुने बताइन् ।

अर्का नेतृ कुसुम राईले अर्जुनधारा नगरपालिका सचेत नागरिक बसेको ठाउँ भएको हुँदा पुरुष सरह महिलालाई अधिकार प्रत्यायोजन गराउनु नगरको नीति कार्यक्रम फराकिलो भएर बढाउन नगरलाई अनुरोध गरेका थिए । आदिवासी जनजाति दलित र अल्पसंख्यक बसोबास गर्ने ठाउँ भएको हुँदा ति वर्गको उत्थान र प्रगतिमा लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा एमाले नेता तथा नगर सदस्य कुन्दन भट्टराई, विकास समितिका संयोजक दिलिप गुरुङ, एमालेका प्रेमसागर सापकोटा, माओवादी केन्द्रका महिला नेतृ अस्मिता कन्दङ्वा, कांग्रेसका सभापति हेमराज खरेल, माओवादीका दिपेन्द्र लम्साल, माओवादी क्रान्तिकारीका हरि दाहाल, राप्रपाका छविलाल लम्साल लगायतको आतिथ्य रहेको थियो ।

नगर उपप्रमुख कमला आचार्यको सभापतित्वमा भएको कार्यक्रममा स्वागत खड्गमाया पराजुली र स्वागत गीत रमेश त्रिखत्रीले पस्केका थिए । कार्यक्रमको सञ्चालन पुष्पा पौडेलले गरेकी थिइन् ।