विरामी पशुलाई बध गरेर मासु बिक्री गर्नु कानून विपरित « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

विरामी पशुलाई बध गरेर मासु बिक्री गर्नु कानून विपरित


यलम्वर टाइम्स
१६ बैशाख २०७५, आईतवार ०८:०६

अर्जुनधारा । वरिष्ट पशु चिकित्सक डा. बोधनाथ अधिकारीले नाफाका लागि बिरामी पशुलाई बध गरेर मासु बिक्री गर्नु कानून विपरित भएको बताएका छन् ।

स्वाच्छ तथा स्वास्थ मासु उत्पादन तालिममा प्रमुख प्रशिक्षक डा. अधिकारीले मासुको गणस्तरीयता र बिक्री भण्डार राम्रोसँगले सञ्चालन गरे व्यवसायको लागि प्रभावकारी र भने जस्तो रेट प्राप्त गर्न सकिने बताए । उनले आधुनिक बधशाला र मासु पसल न्यूनतम् मापदण्डमा नभए स्थानीय सरकारले त्यसलाई कारवाही गर्न सक्ने समेत सचेत गराए ।

पशु सेवा शाखा अर्जुनधाराले यस क्षेत्रका ३० जनाभन्दा बढी मासु बिक्रेताहरुलाई आमन्त्रण गरी १६ र १७ गते तालिम प्रदान गरेको छ । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला खतिवडा आचार्यले व्यवसायीहरुको हितको लागि नगरपालिकाले गर्ने सेवामा पछि नहट्ने बताउँदै न्यूनतम् मापदण्ड रहेर आफ्नो व्यवसायलाई अगाडि बढाउन अनुरोध गरेका थिए ।

प्रमुख अतिथि खतिवडाले मासु व्यवसायीको आफ्नै स्थान रहेतापनि केही खुला ठाउँमा बध गरेर मासु बिक्री वितरण गरेकोमा नगरको ध्यान त्यसतर्फ केन्द्रीत हुने बताए ।

कार्यक्रममा पशु सेवा शाखाका प्रमुख पदमलाल राईले स्वच्छ तथा स्वास्थ मासुका विषयमा प्रकाश पार्दै नेपालमा स्वास्थ मासुको खपत हुने र व्यवसायीक रुपमा अगाडि बढे आयआर्जनको गतिलो स्रोत बन्ने बताए ।

कार्यक्रममा नगरपालिकाका रमेश त्रिखत्री, दिलीप गुरुङ, सकुन्तला बराल, हरिमाया दाहाल लगायतको आतिथ्य रहेको थियो । पशु प्राविधिक घनेन्द्र पराजुलीले स्वागत गरेको कार्यक्रममा राम्रो मासु कसरी चिन्न सकिन्छ, मासु बनाउने तरिकासँगै अचानो र औजारको विषयमा व्यवसायीहरुले जिज्ञासा राखेका थिए ।