प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल


यलम्वर टाइम्स
२५ बैशाख २०७५, मंगलवार १३:०६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका बिषयमा आज छलफल गरेका छन् ।

बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नु पर्ने प्रस्ताव गरेका थिए । यसैगरी भूउपयोग सम्बन्धि नीति पनि बनाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएका छन् ।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको सहभागिता थियो ।