फुटबल महाकुम्भ : हेर्नुहोस् खेल तालिका (नेपाली समय अनुसार) « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

फुटबल महाकुम्भ : हेर्नुहोस् खेल तालिका (नेपाली समय अनुसार)


यलम्वर टाइम्स
३० जेष्ठ २०७५, बुधबार १२:२७

अर्जुनधारा । विश्वभरका खेल प्रेमीहरुको पर्खाइए भोलीबाट समाप्त हुँदैछ । विहीबारबाट रुसमा फुटबलको महाकुम्भ विश्वकप २०१८ सुरु हुँदैछ ।

३२ राष्ट्र सम्मिलित विश्वकप प्रतियोगिता जति–जति नजिकिँदै छ, त्यति नै यसको रौनकले विश्व तताएको छ । खेलप्रेमीहरु आ–आफ्नो टिमको समर्थन गर्दै विश्वकप सन्दर्भमा गफ गर्नमा व्यस्त देखिन्छन् । को कुन टिमको समर्थक एक अर्काप्रति बहस शुरु हुन थालेको छ ।

फेसबुका भित्ताभरी आफू–आफूले समर्थन गरेका टिम तस्वीर र देशको झण्डाले रंग्याउन व्यक्त छन् । विश्वकपमा सम्मिलित राष्ट्रका जर्सी खरिद–बिक्री तिव्र गतिमा चलेको पाइन्छ । समय नजिकिदै गर्दा गाउँको कुना कन्धरादेखि शहर बजारका गल्ली गल्लीमा विश्वकपको उपाधि कुन टिमले जित्ला ? कसले गोल्डेन बुट पाउला ? भन्ने चर्चा परिचर्चा हुने गरेको छ ।

त्यतिमात्र होइन प्रतियोगितामा गोल्डेन बलको हकदार को होला ? आफुले समर्थन गरेको टिम कहाँसम्म पुग्ला ? जस्ता कुराहरुमा अडकल बाजी भइरहेका छन् ।

विश्वकपमा आठ वटा समूह रहेका छन् । युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुको सहभागिता रहेको छ भने एसियाबाट ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरूले सहभागिता जनाउने छन् ।

त्यसैगरी अफ्रिकाबाट भागलिने राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन् । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेका छन् भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिने छन् । प्रतियोगिता जेठ ३१ गतेबाट रुसमा हुनेछ ।

प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् ।

क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् ।

तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल हुनेछ ।